मालपोतका नायव सुब्बा र कार्यालय सहयोगी ३ लाख २० हजार रुपैंया घुस सहित पक्राउ

  ।   २०७७ मंसिर ५, शुक्रबार १६:१५

३ लाख २० हजार रुपैंया घुस रकम सहित मालपोत कार्यालयका नायव सुब्बा र कार्यालय सहयोगी पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्र्पक कार्यालय नेपालगंजले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार २ जनालाई आज रंगेहात पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मालपोत कार्यालय, तुलसीपुर दाङका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन ।

जग्गा नापजाँच गरी पूर्जा बनाईदिने भनी सेवाग्राही सँग घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको नेपालगंजबाट खटि गएको टोलीले नियन्त्रणमा लिएको हो ।

जारी प्रेस बिज्ञप्ती हेर्नुहोस ।

Next Post

Accused found dead in police custody

२०७७ मंसिर ५, शुक्रबार १६:१५
Nepalganj : A man accused of killing and abducting a child was found hanging in the custody cell of the District Police Office, Banke on Thursday night. Babulal Raidas, one of the accused in the abduction and murder of a child in Banke, was found hanging in the custody cell […]