बर्दियाको गेरुवामा सार्वजनिक सुनुवाई सम्पन्न

  ।   २०७९ असार १५, बुधबार २१:०६

         बर्दिया । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि बर्दियाको गेरुवा गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोग र मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गत वर्षका सम्पुर्ण योजनाको रकम, कार्य प्रगति, हुन नसकेको कामका कारण, कोभिड १९ को प्रभाव तथा वडाबाट खर्च भएको विवरण लगायतका विषयमामा गाउँपालिका अध्यक्ष जमन सिंह केसीले उपस्थीत सेवाग्राहि तथा सरोकारवालाहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा वडा कार्यालयले प्रदान गरेका सेवा  २०७८। ७९ को बार्षिकमा सम्पादन भएका कामहरुको वारेमा प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर गुरुङले जानकारी गराउनु भएको थियो ।

कृषि, भौतिक पूर्वाधार, ३६ किलो मिटर वेश वायर निर्माण, स्वास्थ्य, शिक्षालाई विशेष जोड दिइएको छ । नीति तथा कार्यक्रममा भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता, पूर्ण रुपमा छुवाछुत मुक्त पालिका,डिजिटल गाउँपालिका, गेरुरुवाको श्रम गेरुवा मै पसिना, स्र्माट कृषि गाउँ कार्यक्रम,मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, छोरी बचाउँ कार्यक्रम, पूर्ण सरसफाई गाउँपालिका, उज्यालो गाउँपालिका लगायतका महत्वपूर्ण कार्यक्रम तयार गरिएको अध्यक्षले बताए ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिहं केसीको सभाध्यक्षतामा सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष  थारु, प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर गुरुङ, ६ वटै वडाका वडाध्यक्ष कार्यपालिका सदस्यहरु तथा विभिन्न समिति तथा उपसमिति, शाखाका पदाधिकारीहरु, नागरिक समाज र पत्रकारको उपस्थिति रहेको थियो ।

Next Post

विद्युतीय भोटिङ मेसिनको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

२०७९ असार १५, बुधबार २१:०६
संवाददाता । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्र (विद्युतीय भोटिङ मेसिन) को प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन सरकारलाई आग्रह गरेको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थासमेतका आधारमा विद्युतीय मतदानयन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन […]

सम्बन्धित समाचार