जीवन उपयोगी सीप र जलवायु न्याय क्लब सम्बन्धी तालिम खजुरामा शुरु

  ।   २०८२ जेष्ठ १९, सोमबार २१:००

सागर भाण्डारी

खजुरा – बालिका शिक्षा कार्यक्रम अन्तर्गत बाँकेको खजुरा गाउँपालिकाका १६ वटै माध्यमिक विद्यालयका प्रधानाध्यापक र फोकल शिक्षकका लागि तीन दिने तालिम सोमबारदेखि सुरु भएको छ। रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र खजुरा गाउँपालिकाको सहकार्यमा बास नेपालद्वारा आयोजित तालिम खजुरा गाउँपालिकामा संचालन भएको हो।

उद्घाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान) ले, “बालिका शिक्षा कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको छ, त्यसैले यसलाई निरन्तरता दिने योजना अघि बढाइएको हो,” भन्नुभयो । उहाँले मधेशी र मुस्लिम समुदायका किशोरीहरूमा आएको परिवर्तनप्रति पनि उत्साह व्यक्त गर्नुभयो ।

बाँकेको खजुरामा तालिम सुरु हुँदै गरेको तस्वीर: हेमराज भट्ट

उपाध्यक्ष मञ्जु मल्लले कार्यक्रमलाई शैक्षिक गुणस्तर सुधारको सफल प्रयासको रूपमा चित्रित गर्दै थप विस्तारको आवश्यकता औंल्याउनु भयो । कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक कृष्णा पोखरेलले विद्यालय अनुगमनबाट देखिएको परिवर्तनलाई कार्यक्रमको उपलब्धिको आधार बताउनु भयो ।

  • शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले सबै विद्यालयमा पुग्नु चुनौती र अवसर दुवै रहेको उल्लेख गर्दै कार्यक्रमलाई सफल बनाउने विश्वास व्यक्त गर्नु भयो ।
    तालिमका मुख्य उद्देश्यहरूस्
  • जीवन उपयोगी शिप र यसको १० मूल तत्त्वबारे प्रशिक्षण
    विद्यालय  जीवन उपयोगी शिप शिक्षाको निरन्तरता सुनिश्चित गर्नु
  • जलवायु न्याय पाठ्यक्रमको सान्दर्भिकता बुझ्नु
    ड्ड जलवायु परिवर्तन, लैङ्गिकता र न्यायसम्बन्धी ज्ञान हासिल गर्नु
  • पाठ्यक्रम विशेष क्रियाकलाप र कार्यान्वयनका पक्षमा स्पष्टता ल्याउनु

तालिमको सहजीकरणमा सहभागीस्
रुम टु रिडका जय प्रजापती, दिनेश पोखरेल, निरोज कोइराला तथा बास नेपालका हेमराज भट्ट, शोभा भण्डारी, सविता सुनार र जमुना चौधरी रहनु हुनेछ ।

तालिमको झलक तस्वीरमा: फोटो हेमराज भट्ट

कार्यक्रमको उद्घाटन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कार्यकारी निर्देशक नमस्कार शाहले गर्नु भएको थियो ।

Next Post

खजुराका सबै माध्यमिक विद्यालयमा जलवायु न्याय पाठ्यक्रम लागू हुँदै

२०८२ जेष्ठ १९, सोमबार २१:००
सबिता चन्द बाँके । खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका सबै १६ वटा माध्यमिक विद्यालयहरूमा जलवायु न्याय पाठ्यक्रम लागू गर्ने निर्णय गरेको छ। रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालले सञ्चालन गर्दै आएको बालिका शिक्षा कार्यक्रमअन्तर्गत यस पाठ्यक्रमलाई आत्मसात् गर्दै पालिकाले स्थायित्वका साथ अगाडि बढाउने जनाएको छ। कार्यक्रम लागू गर्नु […]

सम्बन्धित शीर्षक