सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

  ।   २०७७ कार्तिक २५, मंगलवार ०७:१२

काठमाडौं । सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो अघिल्लो निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार गर्ने र अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णयलाई सच्याएको हो ।

सर्वोच्च अदालतले गत असोज १५ गते कोरोना संक्रमणको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । अदालतले केही दिनअघि सरकारले दिएको निवेदन समेत खारेज गरेको थियो । सर्वोच्चले सो निर्णय गरेको केही दिन नबित्दै सरकारले निर्णय सच्याएको हो ।

Next Post

सरकारले कोरोनाविरुद्ध खोप ‘जी टु जी’ माध्यमबाट खरिद गर्ने

२०७७ कार्तिक २५, मंगलवार ०७:१२
कठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप खरिद गर्ने भएको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकहरूबाट खोप खरिद्को प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । सरकारले जी टु जी माध्यमबाट खोप खरिद् गर्ने निर्णय भएको हो । यसको समन्वय परराष्ट्र मन्त्रालयले गर्ने छ । हाल रसिया […]