कोरोना भाइरसको असर कम गर्न सक्ने सबैभन्दा सानो एन्टिबडी पत्ता लाग्यो

  ।   २०७७ भाद्र ३१, बुधबार ०६:३३

एजेन्सी । अमेरीकामा वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका छन् । उनीहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुका अनुसार यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको छ । यो एन्टिबडी एबी ८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा एबी ८ को औषधि प्रयोग गरेको र यो औषधिले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको पाइएको खबरमा उल्लेख छ ।

यो औषधिले शरिरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्ने खबरमा उल्लेख छ । औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउन भन्दा पनि कोरोना सङ्क्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकको भनाई छ । पछिल्लो समय अमेरीका, भारत, ब्राजिल लगायतका देशमा सङ्क्रमण तीब्र रुपमा बढ्दै गएको छ । कोरोना भाइरस विरुद्वको खोप निर्माणका लागि विभिन्न देश तथा कम्पनी लागिपरेका छन् । उज्यालो अनलाइन

Next Post

१० जना डिस्चार्ज

२०७७ भाद्र ३१, बुधबार ०६:३३
नेपालगन्ज । १० जना डिस्चार्ज हुनेहरूको पूरा विवरण तपसिलमा उल्लेख गरिएको छ । सो विवरण फोकल पर्शन नरेश बाबु श्रेष्ठले तयार गर्नु भएको हो ।

सम्बन्धित समाचार