कार्तिक १ गतेबाट मालपोत कार्यालय कोहलपुरमा सेवा प्रवाह हुने

  ।   २०८० आश्विन २२, सोमबार १६:५६

नेपालगन्ज । कात्तिक १ गतेबाट कोहलपुर क्षेत्रका बासिन्दाहरूले कोहलपुरबाटै मालपोतसम्बन्धि सेवा पाउने भएका छन् । मालपोत कार्यालय उद्घाटन गरिएको झण्डै १४ महिनापछि कोहलपुरबाट सेवा प्रवाह सुरु हुन लागेको हो ।

मालपोत कार्यालय कोहलपुरबाट त्यसक्षेत्रका बासिन्दाले कात्तिक १ गतेबाट सेवा सुविधा पाउने भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्ज बाँकेका प्रमुख मालपोत अधिकृत छविलाल नेपालीले जानकारी दिनुभयो ।

प्रमुख मालपोत अधिकृत नेपालीले मन्त्रीपरिषदको २०७८ चैत १७ गते र २०८० भदौ १२ गतेको निर्णयानुसार बाँकेको कोहलपुरमा मालपोत कार्यालय स्थापना र कार्यक्षेत्र स्वीकृत गर्ने निर्णय भएबमोजिम कात्तिक १ गतेबाट मालपोत कार्यालय कोहलपुरबाटै सेवा प्रवाह हुने बताउनुभयो ।

उहाँका अनुसार कोहलपुर नगरपालिकाको सबै क्षेत्र (साविक चटार, रझेना, कोहलपुर र शमशेरगञ्ज गाबिस), बैजनाथ गाउँपालिकाको सम्पूर्ण क्षेत्र (साविक टिटिहिरिया, बनकटवा, नौवस्ता, चिसापानी र बेलवा गाबिस), राप्तिसोनारी गाउँपालिकाको हालको वडा १, २, ८ र ९ (साविक खासकुस्मा, महादेवपुरी, कचनापुर र ढकेरी गाबिस) का वासिन्दाले अब मालपोत कार्यालय कोहलपुरबाटै सेवा पाउने भएका हुन् ।

नेपालगञ्जबाट कोहलपुर स्थानान्तरण गर्न आन्तरिक तयारी गर्नुपर्ने भएकाले असोज २६ गतेदेखि असोज ३० गतेसम्मका लागि उक्त क्षेत्रको सेवा प्रवाह मालपोत कार्यालय नेपालगन्जबाट स्थगन गरिएको प्रमुख मालपोत अधिकृत नेपालीले जानकारी गराउनुभयो ।

मालपोत कार्यालय कोहलपुरबाटै सेवा प्रवाह हुने भएपछि सो क्षेत्रका वासिन्दाहरुले अब मालपोतसम्बन्धि काम गर्न नेपालगञ्ज धाउनुपर्ने बाध्यता हटेको छ । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले २०७९ भदौ १२ गते मालपोत कार्यालय कोहलपुरको उद्घाटन गर्नुभएको थियो ।

Next Post

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको गाडी दुर्घटना

२०८० आश्विन २२, सोमबार १६:५६
नेपालगन्ज । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकिय सचिव शम्भु गौतमले जानकारी दिनु भयो । कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किँदै गर्दा एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट झाडीमा पुगेर दुर्घटनामा परेको बताइएको  छ। सा