नेपालबाट मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु : केही ठाउँमा हल्का कुहिरो

  ।   २०७७ कार्तिक ३, सोमबार ०७:५५

काठमाण्डौ । नेपालबाट मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु भएको छ ।

दिउँसो चर्को घाम लागेको बेला गर्मी नै भए पनि बिहान बेलुका भने चिसो हुन थालेको हो । न्यूनतम र अधिकतम तापक्रम अब बिस्तारै घट्दै जाने र चिसो बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्‍जु बासीले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकाको आज बिहान ६ बजेको तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का कुहिरो लागेको छ । कुहिरो बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद् बासीले जानकारी दिनुभयो ।

आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बद्ली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बद्ली रही अरु ठाउँमा सामान्यतया मौसम सफा रहनेछ । अहिले कुनै पनि मौसमी प्रणाली नदेखिएकाले अबको केही दिन सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्ष गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि असोजको ३० गते बाहिरिएको थियो । उज्यालो अनलाइन

Next Post

बाँके जिल्लाबाट आज थप ७० जना कोेरोना जितेर घर फर्किदै

२०७७ कार्तिक ३, सोमबार ०७:५५
बाँके । बाँके जिल्लाबाट आज (आइतबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ७० जना निको भइ डिस्चार्ज हुँदैछन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ३१ जना महिला र ३९ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या दुई […]

सम्बन्धित शीर्षक