अबको केही दिन देशभरको मौसम सफा रहने

  ।   २०७७ कार्तिक २६, बुधबार ०७:१८

अबको केही दिन देशभरको मौसम सफा रहनेअहिले देशको पहाडी भेगमा सामान्य बादल लागेको छ ।

बादल हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । पानी पार्ने कुनै पनि मौसमी प्रणाली नभएकाले अबको केही दिन देशभरको मौसम सामान्यतया सफा नै हुने उहाँले बताउनुभयो ।

यसैबीच काठमाण्डौ उपत्यकाको आज बिहान ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

Next Post

कक्षा १२ का विद्यार्थीको आन्तरिक मूल्याङ्कनको नम्बर मंसिर ८ भित्र पठाउनुपर्ने

२०७७ कार्तिक २६, बुधबार ०७:१८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क पठाउन निर्देशन दिएको छ। २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७ जारी […]

सम्बन्धित समाचार