सवारी चालकले अब लाइसेन्स बोक्न नपर्ने

  ।   २०८० कार्तिक १३, सोमबार १८:३८

नेपालगन्ज । सवारी चालकले अब साथमा सवारी अनुमति पत्र (लाइसेन्स) बोक्नु नपर्ने भएको छ । त्यसका लागि नागरिक एपमा आफ्नो लाइसेन्स विवरण राख्नुपर्छ ।  ट्राफिक प्रहरीले राख्ने चेक प्वाईन्टमा चालकले लाइसेन्स देखाएपछि मात्रै छाड्ने गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्र प्रसाद सुवेदीका अनुसार ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा मात्रै नागरिक एपमा राखेको लाइसेन्स विवरण काम लाग्छ । चालकले ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा भने सामान्य अवस्थामा झैँ कारबाही हुने सुवेदीले जानकारी दिनुभयो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टले सवारी चालक लाइसेन्स प्राप्त हो वा होइन भनेर जानकारी लिन मात्रै यो सुविधा दिइएको बताउनुभयो ।

‘खासमा सडकमा लाइसेन्स नै नबोकी पनि सवारी हाँक्ने चालक भेटिन्छन्, जसका कारण दुर्घटना निम्तिन्छन्, यस्ता चालकलाई कारबाहीको दायरामा ल्याउन ट्राफिकले ठाउँठाउँमा आकस्मिक चेक प्वाईन्ट राख्छ,’ भट्टले भन्नुभयो ,‘चेक प्वाईन्टमा लाईसेन्सधारी चालक ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा फेलापरे नागरिक एपमा देखाए पुग्छ, बाँकी अन्य कारबाही सामान्य अवस्थाकै अनुसार हुन्छ ।’

Next Post

गाेरखापत्रकर्मी खान भारतको कानपुरमा सम्मानित

२०८० कार्तिक १३, सोमबार १८:३८
नेपालगन्ज । गाेरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानलाई भारतकाे कानपुरमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित गरिएको छ। इन्डियन जर्नलिस्ट एशाेसियसनकाे राष्ट्रिय समितिद्वारा भारत उत्तर प्रदेशकाे आर्थिक केन्द्र कानपुरमा साेमवार आयाेजना गरिएको वर्तमान परिपेक्षमा पत्रकारहरुकाे भुमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हाे। इन्डियन जर्नलिस्ट एशाेसियनका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैशी, वरिष्ठ […]