बासको २०औं साधारण सभा तथा सामाजिक परिक्षण सम्पन्न

  ।   २०८० आश्विन १३, शनिबार २२:४०

नेपालगन्ज । बास नेपालको २०औं बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य माननीय माया पुनको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले बासको आर्थिक बर्ष २०७९÷०८० को प्रगति तथा आर्थिक प्रतिबेदन पारित गरेको छ ।
साधारण सभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय माया पुनले सुशासनको अभियानलाई निरन्तर देश व्यापी रुपमा सञ्चालन गर्ने संस्थाको रुपमा बास स्थापित हुदै बताउनु भयो। संस्था स्थापनाको स्मरण गर्दै प्रमुख अतिथि पुनले शुरुवाती बर्षहरुमा निकै संघर्ष गरेको स्मरण गर्दै बास जस्तो सुशासनमा काम गर्ने संस्थाको सदस्य भएकोमा गौरवाम्बित महशुष भएको बताउनु भयो। मेरो सफलतामा बासको योगदान पक्कै छ उहाँको भनाई थियो । भ्रष्टाचार बिरुद्धको अभियानमा सबैलाई लाग्न उनले अपिल समेत गर्नु भयो ।

कार्यक्रममा बोल्दै अतिथि गैसस महासँघ बाँके शाखाका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले बास निरन्तर प्रगति भईरहेको भन्दै सफलताको शुभकामना ब्यक्त गर्नु भयो। उद्घाटन सत्रमा गैसस महासँघ बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाह, फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकी, बिग्रुपका अध्यक्ष टंक बहादुर पुन, महिला जागृती सेलका अध्यक्ष लक्ष्मी श्रेष्ठ, डा. कृष्ण प्रशाद आचार्य, कलाकार कमल बिके लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन बासका केन्द्रीय सचिब दिला शाहले गर्नु भएको थियो । उद्घाटन सत्रमा बासको सक्रिय सदस्यता लिएका सदस्यहरुलाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो भने बासले गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, लेखा सहायक प्रदिप बोहरा, कार्यक्रम सहायक अशोक रावल, कार्यालय सहायक रेस्मा महतोलाई प्रमाण पत्र प्रदान गरिएको थियो । भने बर्दियाको ठाकुरद्धारामा भएको बार्षिक समिक्षा तथा योजना तर्जुमा बैठकमा उत्कृष्ट प्रश्ुततीकरण गर्ने बासका कार्यक्रम प्रबन्धक मन बहादुर भण्डारी, जन सम्पर्क अधिकृत माधब कार्की, कार्यक्रम संयोजक शोभा थापा मगरलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बासको आर्थिक बर्ष २०७९÷०८० को प्रगति बासका कार्यकारी निर्देशक नमस्कार शाह र आर्थिक प्रतिबेदन बासका कोषाध्यक्ष कल्पना अधिकारीले प्रश्तुत गर्नु भएको थियो। उद्घाटन सत्रको समापन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गर्नु भएको थियो । यसैगरी उद्घाटन पश्चात भएको बन्द सत्रमा सहभागिहरुले संस्थाले शाखा सशक्तिकरणमा ध्यान दिनुपर्ने, संस्थाको भवन निर्माणलाई प्राथमिकता दिनुपर्ने लगायतका बिषयमा सुझाव दिएका थिए ।
यसैगरी बार्षिक साधारण सभाको अवसरमा आज नै बासले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पछिल्लो समय रगतको अभाव भईरहेका बेला गरिएको रक्तदान कार्यक्रममा २५ जनाले उक्तदान गरेका छन् ।

Next Post

कपिलवस्तु प्रहरीद्वारा साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जना पक्राउ

२०८० आश्विन १३, शनिबार २२:४०
कपिलवस्तु । कपिलवस्तु प्रहरीले साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको हो । कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ […]