बालिका अधिकार बारेको वक्तृत्वकला प्रतियोगितामा शिफा प्रथम

  ।   २०८० भाद्र २९, शुक्रबार १२:४५


नेपालगन्ज  । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्जको आइशा मदरसातुल बनातमा बालिकाको बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।
आइशा बाल क्लबद्धारा आयोजित सो प्रतियोगितामा १७ जना बालिकाहरुले बालिकाको बालअधिकार बारे आ आफ्नो भनाई राखेका थिए । प्रतियोगितामा कक्षा ८ की बालिका शिफा खान प्रथम, कक्षा ९ की जन्नतुन हलवाई द्धितिय, कक्षा ४ की समरिन खान तृतिय र कक्षा ४ कै खुशी कसगढले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बाँके युनेस्को क्लबका संरक्षण अधिकृत गुलाम गौस, अतिथिहरु मदरसाका संस्थापक तथा कोषाध्यक्ष आलमिन राई, मदरसाका संस्थापक तथा सचिव मोहम्मद असलम हलवाईले पुरस्कार विजेता बालिकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
मदरसाका अध्यक्ष बदरेआलम खानको सभापतित्वमा सम्पन्न भएको सो प्रतियोगितामा आफ्नो भनाई राख्दै प्रमुख अतिथि र अतिथिहरुले बालबालिकाको समग्र विकासका लागि बालअधिकार भित्र पर्ने सबै कुराहरु उनिहरुले पाउनुपर्ने जनाउँदै त्यसका लागि सरकारले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
मुस्लिम समुदायका बालिकाहरु अभैmपनि विभिन्न कारणले शिक्षाबाट बन्चित हुनु परेकोमो चिन्ता प्रकट गर्दै सोही कार्यक्रममा त्यसका लागि सरकारले आवश्यक सबै कदम चाल्नुपर्नेमा अधिकांश वक्ताको जोड थियो ।
मदरसाहरुको माध्यमबाट अहिले आएर धेरै मुस्लिम बालिकाले शिक्षा लिन पाएकोले मदरसाहरुलाई टिकाई राख्नका लागि पनि सरकारले सहयोग गर्नुपर्ने माग मुस्लिम समुदायका अगुवाहरुको छ ।

Next Post

नातिया मुकाबला र वक्तृत्वकला प्रतियोगितामा शाहीन खान र तमन्ना शेष प्रथम

२०८० भाद्र २९, शुक्रबार १२:४५
नेपालगन्ज । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्ज ५ स्थित साईनिंग फ्युचर एकेडेमीमा नातिया मुकाबिला र बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ । शाइनिंग बाल क्लबद्धारा आयोजना गरिएको नातिया मुकाबिलामा सो विद्यालयका विद्यार्थि शाहीन खान प्रथम, अब्दुल रज्जाक द्धितिय, […]