बाँके : चार पालिकाका अभियन्तालाई मानव बेचबिखन रोकथाम र बालसंरक्षण तालिम

  ।   २०७८ भाद्र ५, शनिबार १६:३६

नेपालगन्ज | बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाममा क्रियाशिल अभियन्ताहरुका लागि नेपालगञ्जमा ‘अभियन्ताहरुको टीम विकास र विपदको अवस्थामा बाल संरक्षण’ विषयक तीन दिने तालिम सञ्चालन गरेको छ ।

प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण  (प्रोटेक्ट) परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका युवा अभियन्ताका लागि सो तालिमको सञ्चालन गरिएको क्लबले जनाएको छ ।

समुदायका युवाहरुलाई मानव बेचबिखन, बालअधिकार र बालसंरक्षणको क्षेत्रमा सक्षम बनाउँदै बाँके जिल्लामा मानव बेचबिखनको रोकथाम र सम्बोधन कार्यलाई एउटा अभियानको रुपमा संचालन गर्न युवा अभियान्ताहरुलाई तालिम दिईरहेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।  तालिममा नेपालगन्ज उपमहानगरपालिकाबाट ५, कोहलपुर नगरपालिकाबाट ५, बैजनाथ गाउँपालिकाबाट ६ र खजुरा गाउँपालिकाबाट ५ जना गरी जम्मा २१ जना अभियन्ताको सहभागिता रहेको छ ।

सो तलिममा बिपद् अबस्थामा बालबालिकाहरुले ब्यहोनु पर्ने जोखिमताहरु, त्यो समयमा बालबाबिलाकहरुका आबश्यकताको पहिंचान, सहयोगका क्षेत्रहरु, जोखिम कम गर्ने उपायहरु, जोखिम अबस्थाका बालबालिका र परिवारको पहिंचान, त्यसका बिधीहरु लगायत समग्र बाल संरक्षणको बिषयहरुमा प्रशिक्षण दिइने बाँके युनेस्को क्लबका प्रोटेक्ट परियोजना अधिकृत महेश नेपालीले बताउनु भयो ।

यसैगरि कोभिड १९ ले समुदायमा र बालबालिकाहरुमा पारेको प्रभाव, यसको रोकथामका उपायहरु र कोभिड संक्रमित बालबालिकाहरुको आबश्यकता पुर्ति र उनीहरुको संरक्षणमा युवा अभियन्ताहरुको भुमिका र जिम्मवारीको बिषयमा पनि प्रशिक्षण दिइने छ ।

तालिममा बिपद्को अबस्थामा मानव बेचबिखन, बालबालिकाहरु माथी हुने हिंसा, शोषण, बेवास्ता, दुब्र्यबहार जस्ता कार्यहरुको रोकथाम र संबोधनका लागी युवा अभियान्ताले समुदायमा गर्न सक्ने कार्यहरुको सम्बन्धमा कार्ययोजना समेत निमार्ण गरीने क्लबले जनाएको छ । उक्त ३ दिने तालिमको सहजीकरण काठमाण्डौंका सागर भन्डारीले गरिरहनु भएको छ । भण्डारीले अपेक्षा गरे अनुरुप तालिम सफलतापुर्वक सञ्चालन भैरहेको बताउनुभयो ।

Next Post

एमाले एकजुट भएर अघि बढ्नेमा मलाई दृढ विश्वास छ : मुख्यमन्त्री शाक्य

२०७८ भाद्र ५, शनिबार १६:३६
काठमाण्डाै | वाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नु भएको छ । उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास समेत व्यक्त […]