एमाले एकजुट भएर अघि बढ्नेमा मलाई दृढ विश्वास छ : मुख्यमन्त्री शाक्य

  ।   २०७८ भाद्र ५, शनिबार १६:३७
unn.prixa.net

काठमाण्डाै | वाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नु भएको छ ।

उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास समेत व्यक्त गर्नु भयो । नेकपा एमाले रामेछाप–काठमाण्डाै सम्पर्क मञ्चले शनिबार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराउनु भयो ।

उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिर-बाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि पटकपटक आग्रह गर्नुभयो ।

‘म मुख्यमन्त्री हुनुमा दुवै नेताहरुको साथ छ । सहमति छ । अनि बाहिर बाहिर कुरा आउँछ, अष्ट त के–के भयो, के–के भनेर । लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नुभयो, यो गलत कुरा हो’, उहाँले भन्नुभयाे, ‘गलत सन्देश दिने काम नगरी दिनुहोस् । जे छ, त्यहीँ कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ । मलाई दृढ विश्वास छ–केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्नेछ ।’

मुख्यमन्त्री शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहितको सल्लाहमा प्रदेश सरकारलाई अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले निवर्तमान मुख्यमन्त्री र निवर्तमान मन्त्रीहरुको परामर्शको आधारमा अघि बढ्दा नै प्रदेश सरकारले राम्रो काम गर्न सक्ने विश्वास समेत व्यक्त गर्नु भयो । यस्तै मुख्यमन्त्री शाक्यले नेकपा एमालेले मात्रै देशलाई अघि बढाउन सक्ने भएकाले यो पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प नरहेको पनि बताउनु भयो ।

Next Post

थप २ हजार ७५ जनामा कोरोना पुष्टि, झण्डै २ हजार ४ सय जना सङ्क्रमणमुक्त

२०७८ भाद्र ५, शनिबार १६:३७
काठमाण्डौ । पछिल्लो २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार सात सय तीन जनाको पीसीआर र पाँच हजार तीन सय ७२ जनाको एन्टिजेन गरी १३ हजार ७५ जनाको नमूना परीक्षण गर्दा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]