नेपालगन्ज ।
नेकपा माओवादी केन्द्र प्रतिको आकर्षण बढ्दै गएको छ । संगठन सुदृढीकरण लगतै नेपालगन्जका विभिन्न वडामा पार्टी प्रवेश कार्यक्रम गर्ने क्रममा सोमबार नेपालगन्ज-५ मा विभिन्न दल परित्याग गरि ८० जना नेता कार्यकर्ता प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्जका इन्चार्ज अकल बहादुर बमले स्वागत गर्नु भयो ।
वाडा नं. ५ कि प्रतिष्ठित मुस्लिम महिला नेतृ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित वडा सदस्य अन्जोमन बानो अन्सारी लगायत ८० जनाले प्रवेश गरेका हुन् । ८० जनालाई नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर समितिले खादा ओडाएर स्वागत गरेको उपमहानगर पार्टी अध्यक्ष रतन शाहीले बताउनु भयो । स्वागत कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य अकल बहादुर बम, डिल्ली बराल, नवीन शर्मा, आदेश अग्रवाल लगायत उपमहानगर पार्टी समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अधिकांश नेताहरुले जनताको जनजिविकाको लागि कामगर्ने एकमात्र पार्टी माओवादी मत्र भएको भन्दै आफ्ना धारणा रेखा थिए । उपमहानगर अध्यक्ष शाहीले पार्टी प्रवेशको लहर भव्य रुपमा बढ्ने र यस्तै कार्यक्रम गर्दै जाने बताउनु भयो ।