कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै दिइ सक्न अर्थ मन्त्रालयको निर्देशन

  ।   २०७७ मंसिर १८, बिहीबार १८:१०

काठमाण्डौ । अर्थ मन्त्रालयले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको छ ।

बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिए पनि यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै अब तीन दिनभित्रै रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । यसको लागि हिजो र आज अर्थ मन्त्रालयमा मन्त्री र सचिवस्तरीय बैठक बसेको थियो ।

मन्त्रालयले कागजात पुगेका दाबीलाई तीन दिनभित्र भुक्तानी दिन, यसको दैनिक विवरण मन्त्रालयमा पठाउन, कुन बीमा कम्पनीमा कति दाबी परे, कतिको भुक्तानी भयो र के समस्या छन् भन्ने जानकारी पनि नियमित रूपमा मन्त्रालयलाई दिन बीमा समितिलाई निर्देशन दिइएको छ ।

Next Post

नेपालमा बिहीबार थप एक हजार तीन सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि, दुई हजार एक सय ११ जना निको भइ डिस्चार्ज

२०७७ मंसिर १८, बिहीबार १८:१०
काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड– १९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेको छ । बिहीबार थप एक हजार तीन सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय ११ जना निको भएर […]