नेपालगन्ज । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनका अध्यक्ष तुफान घरदैलो अभियान तिब्र रुपमा लाग्नु भएको छ । गठबन्धनको सिङ्गो टोली घर-घर पसेर जनताका समस्या बुझ्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
आज दिउँसो खजुराका विभिन्न वडामा घरदैलो कार्यक्रममा रहेका नेता कार्यकर्ताहरुले अध्यक्षको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हतौडा र उपाध्यक्षको चुनाव चिन्ह रुखमा मतदान गर्न अपिल गरेका छन् । गरिव सर्वहारा बर्गका नेता डम्बर बिक (तुफान) नै खजुराको योग्य उम्मेदवार भएको सर्वसाधारणले बताउन थालेका छन् । खजुराको आवस्यकता नै तुफान भएको चुनावी अभियानमा लागेका नेता कार्यकर्तालाई सर्वसाधारणले बताउन थालेका छन् ।
हसिलो मिजासका तुफान बिहान देखि साझ सम्मै चुनावी प्रचार प्रसारमा लाग्नु भएको छ । माओवादी/कांग्रेस कार्यकर्ता संयुक्त प्यानल बनाएर घरदैलो अभियानमा लागेपछि प्रतिपक्षी दल हतोत्साहित भएको गाउँघरका सर्वसाधारणले बताउन थालेका छन् ।