मैलुङखोला जलविद्युत् कम्पनीको आईपीओ खुला

  ।   २०७८ श्रावण १४, बिहीबार ०८:५७

काठमाडौं । मैलुङखोला जलविद्युत् कम्पनीले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो। कम्पनीले यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसमा प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ। यो आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ। बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ। लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन्।

Next Post

नेपालगंजमा मोबाईल चोरी गर्ने ३ स्थानीय लुटेरा पक्राउ ।।

२०७८ श्रावण १४, बिहीबार ०८:५७
संवाददाता, नेपालगंज। गएको साउन ८ गते बिहान २ बजे नेपालगंज उप–महानगरपालिका वडा नम्बर ४ बसपार्क रोडमा रहेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्समा चोरी गर्नेहरु पक्राउ परेका छन । पुर्ण प्रसाद गौतमले संचालन गरेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्सको सटर फोडी उनीहरुले मोवाईल, घडी, एम.पि.थ्री, वैंकहरुको चेक सहित करिब १० लाख […]