कालीकोटमा निषेधाज्ञाको अवधि १० दिन लम्बियो

  ।   २०७८ श्रावण २४, आईतवार ०७:४२

कालीकोट । कालीकोटमा जारी निषेधाज्ञाको अवधि १० दिन लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो । रासस

Next Post

सोलुखोला हाइड्रोपावर प्रोजेक्टको आइपिओ साउन २९ मा खुल्दै

२०७८ श्रावण २४, आईतवार ०७:४२
सोलुखुम्बु । थुलुङदुधकोशी–३ पञ्चनमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको साहस ऊर्जा लिमिटेडले आयोजना प्रभावितलाई आइपिओ निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ दरले एक करोड पाँच लाख कित्ता साधरण शेयर निष्काशन गर्न अनुमति पाएको सहास ऊर्जाले पहिलो चरणमा आयोजना प्रभावितलाई ३५ लाख […]