वडा स्तरमा संञ्चारकर्मी उत्पादन गर्ने उद्देश्यका साथ पत्रकारिता तथा उद्दघोषण तालिम

  ।   २०७८ चैत्र २७, आईतवार १५:३२

संवाददाता, गुलरिया ।

शुक्रबार बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ मा पत्रकारिता तथा उद्दघोषण तालिम संञ्चालन गरिएको छ ।

स्थानीय वडा कार्यालय सँगको समन्वयमा द नेपाली फाउन्डेशन फर मीडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुपको आयोजनामा तालिम संञ्चालन गरिएको हो ।

तालिमको उद्दघाटन गर्दै वडा अध्यक्ष हरी प्रसाद पासीले ९ नम्बर वडामा रहेका समस्याहरु उजागर गर्ने, जनतालाई सूचित गर्ने स्थानीय स्तरकै संञ्चारकर्मीहरु उत्पादन गर्ने उद्देश्यका साथ वडाले पत्रकारिता तथा उद्दघोषण तालिम संञ्चालन गर्न सहकार्य गरेको जानकारी गराउनुभयो ।

तालिम समापनका क्रममा वडा सदस्य बिनिता देवकोटाले थोरै समयमा धेरै कुरा सहभागी प्रशिक्षार्थीहरुलाई सिकाउने प्रयास गरेकोमा आयोजकलाई धन्यबाद ज्ञापन गर्दै तालिममा सिकेका कुरा ब्यवहारमा कार्यन्वयन गर्न सहभागी सबै प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।

पत्रकारिता तथा उद्दघोषणका बारेमा खोज पत्रकार प्रेम विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो भने पत्रकारिता क्षेत्रमा भविष्य कति भन्ने लगायतका बिषयमा पर्यटन पत्रकार संघ बर्दियाका अध्यक्ष दिपक शर्माले आफनो अनुभव सहभागी प्रशिक्षार्थी माझ बाँड्नुभएको प्रेस सेन्टर नेपाल बर्दिया शाखाका अध्यक्ष तथा तालिम समन्वयकर्ता भीम उचै ठकुरीले जानकारी दिनुभयो ।

 

#पत्रकारिता     #उद्दघोषण    #वडा

Next Post

भारतमा वायु प्रदूषणका कारण १३ वर्षको अवधिमा १ लाखभन्दा बढी मानिसको मृत्यु

२०७८ चैत्र २७, आईतवार १५:३२
संवाददाता । भारतका आठ ठूला सहरमा वायु प्रदूषणका कारण १३ वर्षको अवधिमा १ लाखभन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । सन् २००५ देखि २०१८ को बीचमा मुम्बई, बेंगलुरु, कोलकाता, हैदरावाद, चेन्नई, सूरत, पूणे र अहमदावाद सहरमा यति ठूलो संख्यामा मृत्यु भएको एक अध्ययनले देखाएको हो । साइन्स […]