खजुरा । लक्ष्मीपुजाका लागि जलाईएको दियोबाट सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आलागी भएको छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा आज आगलागी भएको हो ।
लक्ष्मीपुजा गर्न जलाईएको दियोबाट सल्केको आगोले विष्णु वर्माले संचालन गर्दै आएको धनौलीको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामाग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताउनुभयो ।
आगलागीबाट ६ लाख बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । स्थानीयबासी र प्रहरीले झण्डै २ घण्टा लगाएर आगो निभाएका थिए ।



