नेपालगन्जको सौगातमा आगलागी

  ।   २०८० कार्तिक २७, सोमबार ०६:३२

नेपालगन्ज । नेपालगन्जको घरबारीटोलमा आइतबार राति आगलागी भएको छ । घरबारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको प्रहरीले जनाएको छ ।

ध्रुब दाहालले संचालन गर्दै आएको उक्त पसलको सटर बन्द अवस्थामा रहेको हुँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बिसीले जानकारी दिनुभयो ।

आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको र क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । दुईवटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको बिसीले बताउनुभयो ।        आज राति मात्र बाँकेको खजुरामा लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट सल्केर एक हार्डवेयर पसलमा आगलागी भएको थियो ।

Next Post

नेपालमा आजैदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय

२०८० कार्तिक २७, सोमबार ०६:३२
काठमाडौं । सरकारले नेपालमा ‘सर्ट–फर्म भिडियो’ होस्टिङ सञ्जाल ‘टिकटक’ बन्द गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल टिकटकलाई बन्द गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी गराउनु भयो । ‘सामाजिक सञ्जाल टिकटकबाट सामाजिक सद्भाव विथोलिने गरेको र हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल्याउने गरी लगातार […]