नेपालमा आजैदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय

  ।   २०८० कार्तिक २७, सोमबार १४:१८

काठमाडौं । सरकारले नेपालमा ‘सर्ट–फर्म भिडियो’ होस्टिङ सञ्जाल ‘टिकटक’ बन्द गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल टिकटकलाई बन्द गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी गराउनु भयो ।

‘सामाजिक सञ्जाल टिकटकबाट सामाजिक सद्भाव विथोलिने गरेको र हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल्याउने गरी लगातार प्रचारप्रसार भइरहेका छन् । यस सन्दर्भमा अहिले तत्काललाई टिकटक बन्द गर्ने भन्ने निर्णय गरिएको छ,’ सरकारका प्रवक्ता शर्माले भन्नुभयो ।

उहाँका अनुसार सञ्चार मन्त्रालयलाई यसका लागि निर्देशन दिइएको छ । उहाँले बन्द गराउनका लागि प्राविधिक काम भइरहेकाले आज ९सोमबार० बाट नै बन्द हुन सक्ने पनि बताउनु भयो।                             

Next Post

बाँके जिल्लाका तीन ठाउँमा एकैदिन आगलागी, लाखौंको धनमाल नष्ट

२०८० कार्तिक २७, सोमबार १४:१८
बाँके । लक्ष्मीपूजाका दिनमा बाँकेका विभिन्न तीन स्थानमा आगलागीका घटना भएका छन् । एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको हो भने अन्य दुई स्थानमा भने विद्युत् सर्ट भएर आगलागी भएको हो । तीन स्थानमै पसलमा आगलागी भएको प्रहरीले बताएको छ । बाँकेको खजुरामा रहेको एक पसलमा लक्ष्मीपूजाका […]

सम्बन्धित समाचार