बर्दिया बढैयातालको एउटा वडा वालविवाहमुक्त वडा घोषणा

  ।   २०८१ मंसिर १८, मंगलवार १९:०६

नेपालगन्ज । बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको अथक प्रयास र संयुक्त सहकार्यबाट यो उपलब्धि सम्भव भएको वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले बताउनुभयो ।

वडा नं ८ का वडा अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको वालविाहमुक्त वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमेश्वर ढकालले बर्दियालाई वालविवाहमुक्त जिल्ला बनाउन सबैले लाग्नु पर्ने बताउनुभयो ।

उहाँले सो कार्यमा संलग्न सबै सरोकारवालालाई उक्त अवसरमा धन्यवाद पनि दिनुभयो । सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका मुख्य सल्लाहकार लक्ष्मण ज्ञवाली, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीलगायतले पनि बढैयाताल गाउँपालिकालाई वालविवाहमुक्त घोषणा गर्ने अभियानमा तिव्रता ल्याईएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, धार्मिक तथा सामाजिक अगुवा, पत्रकार, समाजसेवी लगायतको सहभागिता रहेको थियो । करिब १५ सय बढी सर्वसाधारण सहभागि सो कार्यक्रमको विशेष आकर्षण नेपाल आइडलका बिजेता करण परियारको लाइभ प्रस्तुति रहेको थियो जसमा उहाँका सुमधुर गीतहरुले दर्शकहरुलाई रोमाञ्चित बनाएको थियो । सहभागिहरुले अन्य विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आनन्द लिएका थिए ।

बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली र प्लान इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अम्बिका प्रसाद तिमिल्सेनाले वालविवाहमुक्र घोषणाका लागि गरिएको सामूहिक प्रयासका बारेमा बिस्तृत रुपमा जानकारी गराउनुभयो ।
बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, कार्यक्रम अधिकृत ईश्वर विक, सामाजिक परिचालन अफिसर लक्ष्मी थारु र फिल्ड सुपरवाइजर रामबहादुर चौधरीको पनि सो अवसरमा उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन हिक्मत सुनारले गर्नु भएको थियो । सो ऐतिहासिक घोषणाले बढैयाताल गाउँपालिकाका बालबालिकाको उज्ज्वल र सुरक्षित भविष्यप्रतिको सामूहिक दृष्टिकोण र प्रतिबद्धता प्रष्ट गरेको छ ।

Next Post

माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग

२०८१ मंसिर १८, मंगलवार १९:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ। अन्तरमहादेशीय संगठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो। प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज […]