`साली´ पछि आषिशको `लालि´ले चर्चा बटुल्दै

  ।   २०८० माघ २३, मंगलवार २१:१५

शान्ति सुनार
नेपालगन्ज । आशिष् महरको `साली´ बोलको गीतले दर्शकहरुको अत्यधिक माया पाए सँगै `लाली´ बोलको गीत सार्वजनिक भएको छ । नेपाली भाषा र पश्चिमी भाषालाई समेटेर लेखिएको उक्त `लाली´बोलको गीतमा विशेष गरि आफ्नो प्रेमिकालाई पश्चिमी भाषामा लाली भनेर बोलाउने गरिन्छ । आफ्नो मन मिल्ने साथी सँग वर्षौ पछि परदेश गएर गाँउ फर्किदै गर्दा घर छेउमै पुगेर एक अर्काले आफ्नो प्रेमिकालाई सम्झिदै खुसिका भावनाहरु साटिएको प्रेमिल भावलाई पर्दामार्फत देखाउन खोजिएको छ।

गीतमा साथित्व, आफ्नो जन्मभूमिमा बालापनको ठाउँ माया सँगै बाल्यकालको साथी अर्थात प्रेमिकाको मायालाई भिडियो मार्फत देखाउन खोजिएको छ । आषिशको आफ्नै शब्द रहेको गीतमा तपेन्द्र तिखातरी र आशिष् महर कै संगीत र आवाज रहेको छ । आशिष् महरको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा आशिष् महर,तपेन्द्र तिखातरी, पुजा तिखातरी र माया महतको प्रेमिल अभिनय देख्न सकिन्छ ।

मल्टी ट्युनेस स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत रेकर्डिङ र एरेन्जमा रवि पाण्डे,मिक्सिङ्म अभिनाश चौलागाईं,गितारमा बेबोत लामा,मादलमा बिपु श्रेष्ठ रहेका छन । उक्त लाली बोलको गीत आशिष महरको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतले अहिले दर्शकहरुको अत्यधिक माया पाइरहेको छ ।

Next Post

सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्री प्रचण्डको सक्रियता

२०८० माघ २३, मंगलवार २१:१५
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन सम्बन्धमा सङ्घीय सरकारले गर्न बाँकी कार्यायोजना र हालसम्म भएका तथा कार्यान्वनमा देखिएका समस्याका बारेमा आज छलफल गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षमा आज सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद् बैठकमा अन्तर प्रदेश परिषद्बाट स्वीकृत सङ्घीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनको अवस्थाको समीक्षा गरी सम्पन्न […]