मृत भेटिएको बाघले कुनै बिसादी सेवन नगरेको रिपोर्टमा उल्लेख

  ।   २०८० कार्तिक २, बिहीबार १३:५३
नेपालगन्ज । केही दिन अघि बाँकेको एक सामुदाकि वनमा बेवारिसे अवस्थामा मृत भेटिएको पाटेबाघको शव परीक्षण रिपोर्ट आएको छ ।

बेवारिसे अवस्थामा मृत भेटिएको पाटेबाघको शव परीक्षण रिपोर्ट आएको डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीले जानकारी दिनुभयो ।

बुढाथोकीका अनुसार उक्त पाटेबाघको शव परीक्षण रिपोर्टमा आन्तरिक करङ्गमा चोटपटक लागेको, भोको भएको र निमोनियाको सङ्केत देखिएको थियो । बाघले कुनै विषादी सेवन नगरेको रिपोर्टमा उल्लेख भएको बुढाथोकीले जानकारी दिनुभयो ।

जङ्गलमा पानीको खाडलनजिक शरीरको पेटको भागमा केही माटो लागेको, शरीरको कुनै पनि भागमा घाउचोट नदेखिएको, झट्ट हेर्दा वृद्ध तथा पेट भोको जस्तो देखिने मुखमा तथा अगाडितर्फको खुट्टामा अन्य घरपालुवा जनावरको रगत लागेको मृत अवस्थामा फेला परेको उक्त बाघलाई कसैले विषादी सेवन गराएर मारेको हो कि भन्ने आशङ्कामा शव परीक्षण गरिएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका पशु चिकित्सक डा. शारदा श्रेष्ठसहितको प्राविधिक टोलीले शव परीक्षणका लागि बाघको मृत शरीरबाट नमूनाहरु सङ्कलन गरेको मुद्दा फाँट अधिकृत बुढाथोकीले जानकारी दिनुभयो । सङ्कलन गरिएका नमुहरुको नेपाल प्रहरीको नेपालगन्जमा रहेको विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।

गत असोज ९ गते बाँकेको राप्तीसोनारी २ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको सामुदायिक वनक्षेत्रको घाटगद्दी स्थानमा उक्त पाटेबाघ बेवारिसे अवस्थामा मृत भेटिएका थियो । उक्त पाटेबाघले एक हप्तादेखि स्थानीयका दर्जनौं घरपालुवा पशुचौपायामाथि दैनिक जसो आक्रमण गरी मार्ने र घाइते बनाउँदै आएको थियो ।

Next Post

रविन हुड, हर्कुलस र स्पाइडरम्यानका नेपाली चेलुवा

२०८० कार्तिक २, बिहीबार १३:५३
भवानी बराल कथाको सार: उहिले नै उहिले धेरै नै पहिले बेलायतमा रविन हुडको खुब चर्चा हुन्थ्यो । सन् ११०० देखि सन् १६०० सम्म रविन हुडको कथा नजान्ने विरलै थिए । उतिबेला बेलायतका धनी सम्पन्न सामन्त जमिन्दारहरुले गरीबमाथि शोषण, उत्पीडनको उत्पात मच्चाएका थिए । भनिन्छ गरीबहरुमाथि जमिन्दारको अत्याचारले त्यसबखत सीमा नाघेको […]

सम्बन्धित शीर्षक