बाँके खजुराका अति विपन्न ५० परिवारलाई कम्मल वितरण

  ।   २०७९ माघ ४, बुधबार २१:४७

पुरन परियार                                                                      बाँके । खजुरा गाउपालिका वडा नं. ५ का अति विपन्न ५० घर परिवारलाई कम्मल वितरण गरिएको छ । खजुरा गाउपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफान) ले ५० विपन्न परिवारका सदस्यहरुलाई कम्मल वितरण गर्नु भएको हो ।

खजुरा-५ का वडा अध्यक्ष गरिबे शेषले आयोजना गरेको कार्यक्रममा खुशी हुँदै अति विपन्न परिवारका घरमुलीहरु आएका थिए । चिसोको मारमा परेका ५० जनाले न्यानो कम्मल प्राप्त गरेपछि निकै खुशी भएको अनुभव वडा अध्यक्ष शेषले सुनाउनु भयो । कार्यक्रममा पालिका अध्यक्ष तुफानले सर्वसाधारण जनताका छोराछोरी सुरक्षित रहन पालिकाले खेल्नुपर्ने सबै भुमिका खेल्न तयार भएको बताउनु भयो । अध्यक्ष तुफानले भन्नुभयो, ´ जनतालाई चिसो हुनु पालिकालाई चिसो हुनु हो । त्यसैले खजुराबासी सर्वसाधारणका घाउमा मलम पट्टि लगाउन म र स्थानीय पालिका तयार छौँ ।`

सो कार्यक्रममा पालिका उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्याय लगायतको उपस्थिति थियो ।

Next Post

डाक्टर पाण्डे प्रगतिशील चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा चयन

२०७९ माघ ४, बुधबार २१:४७
नेपालगन्ज । अखिल नेपाल प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेशको प्रथम भेलाबाट लुम्बिनी प्रदेश तदर्थ कमिटीको अध्यक्षमा भेरी अस्पताल नेपालगन्जमा कार्यरत डा. राजन पाण्डे चयन हुनुभएको छ । माओवादी निकट चिकित्सकहरुको संगठन अखिल नेपाल प्रगतिशील चिकित्सक संगठनको बिहिवार नेपालगन्जमा भएको प्रदेश स्तरीय प्रथम भेलाबाट डा. पाण्डे अध्यक्षमा चयन हुनुभएको हो । […]