विप्लव नेतृत्व नेकपाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ।   २०८० आश्विन १२, शुक्रबार २२:२७

नेपालगञ्ज । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रवार नेपालगञ्जमा ‘वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली व्यूरोले आयोजना गरेको हो ।    राजीनितीकर्मी, राजनीतिक विश्लेषक, विद्यार्थि प्राध्यापक, बुद्धिजीवि तथा सरोकारवालाहरुको उपस्थितीमा भएको कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य भरत सी ले वर्तमान परिस्थती र नेपाली विशेषताको समाजवादका बारेमा अवधारणापत्र पेश गर्नुभएको थियो ।

अवधारणामाथि राजनीतिक विश्लेषक प्रा.डा. जनार्दन शर्मा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुख प्रा.डा. लालमणि आचार्य, राजनीतिक विश्लेषक केशव गिरी, नेकपा माओवादी केन्द्रका नेता रतनबहादुर शाही, नेकपा एकिकृत समाजवादीका नेता करिश्मा योगी, जनमत पार्टीका नेता तेजनारायण कँडेल, जसपाका नेता, स्टेशनरी व्यवसायी बसन्त लामिछाने लगायतले टिप्पणी गरेका थिए ।          वक्ताहरुले सबै पार्टीका नेताहरुले समाजवाद समाजवाद भन्ने तर त्यसको पालना नगर्ने भन्दै राजनीतिक नेताहरु प्रति समाजमा वितृष्णा फैलिएको बताएका थिए । धेरै जसो कम्युनिष्ट पार्टीकै नेताहरुले ठूलो ठूलो स्वरमा समाजवादका कुरा गर्ने तर त्यसको उल्टा पूँजीवादी पद्दतीबाट हिँड्ने गरेको उनीहरुको आरोप थियो । साँच्चिकै नेपाली विशेषताको समाजवाद प्रयोगमा ल्याउनका लागि पहिला नेताहरु नै सुध्रिनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।            नेकपाका स्थायी समिति सदस्य भरत सी ले देश चौतर्फी संकटबाट गुज्रिरहेको, राष्ट्रिय स्वाधीनता सर्वाधिक संकटमा परेको, अर्थतन्त्र चौपट भएको, जनतामा निराशा व्याप्त देखिएको, नयाँ पिंढीको पलायन डरलाग्दो रुपमा बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले देश र जनताको जीवनमा देखा परेका सामान्यदेखि जटिल समस्याहरु हल गर्न पुरानो संसदीय पूँजीवादी सत्ता र नेतृत्व असफल र असक्षम सावित भएको भन्दै संकटको अग्रगामी र वैज्ञानिक समाधान भनेको नेपाली विशेषताको समाजवाद नै भएको बताउनु भयो ।            आर्थिक आत्मनिर्भरता विना जनबलको मोर्चा छोडेर केवल संसदीय मोर्चाबाट मात्र समाजवादमा पुग्ने र संसदीय मोर्चा छोडेर केवल जनबलको मोर्चाबाट मात्र समाजवादमा पुग्ने दुबै प्रयोग नेपालमा अपूर्ण र एकहदसम्म असफलनै देखिएको भन्दै सम्पूर्ण मोर्चाबाट सबै परिवर्तन पक्षधरहरु एक भएर समाजवाद प्राप्तिको संघर्ष अगाडी बढाई क्रान्तिको नयाँ र मौलिक कार्यदिशा एकिकृत जनक्रान्तिको कार्यदिशा नेै उपयुक्त हुने उहाँको भनाई थियो ।

नेपाली माटो सुहाउँदो, नेपाली पन भएको नेपाली विशेषताको समाजवाद प्रयोगमा ल्याउनका लागि देशैभर पार्टीले सरोकारवालासँग वहसको अभियान सुरु गरिएको पनि उहाँले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नेकपा सम्वद्ध विभिन्न जनवर्गीय संगठन र मोर्चाहरुका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Next Post

माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट : समाजवाद निर्माणको आधार, वाम एकताको आवाज

२०८० आश्विन १२, शुक्रबार २२:२७
महेश्वर दाहाल सक्किने कि सच्चिने ? माओवादी आन्दोलनका सन्दर्भमा पछिल्ला केही वर्षयता यो प्रश्नले निर्माण गर्न खोजेको भाष्य निकै खतरनाक छ । तर, यसपटक जनतासँग माओवादी अभियानको क्रममा फिल्डमै गएर खटिँदाको निष्कर्ष के हो भने, माओवादी सच्चिन्छ तर यो आन्दोलन सकिँदैन । ‘जनतासँग तीनमहिने माओवादी अभियान’ ले पार्टी र जनसम्बन्धका […]