
संवाददाता, नेपालगंज ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० शोफिया टोलमा रहेको असल छिमेकी सामुदायिक अस्पतालले निशुल्क स्वास्थ्य शिविर संञ्चालन गर्न लागेको छ ।
अस्पतालले एक सूचना जारी गर्दै यही कार्तिक २६ गतेदेखी कार्तिक २८ गतेसम्म स्वास्थ्य शिविर संञ्चालन गर्न लागेको हो । निशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरबाट चेकजाँच सगैं औषधीहरु पनि उपलब्ध गराईने अस्पतालले जनाएको छ ।
बिहान ९ बजेदेखी अपराह्न्न ४ बजे सम्म स्वास्थ्य उपचार सेवा लिन सकिनेछ । स्वास्थ्य शिविरमा जान इच्छुक बिरामीले ९८२५१५३५१० सम्र्पक गर्न पनि सकिनेछ ।
असल छिमेकी सामुदायिक अस्पतालबाट प्योर्, टोन्, अडियोमेट्री, इम्पिडेन्स, इन्डोस्कोपी-दुर्बिनले नाक, घाँटीको चेकजाँच र उपचार, विभिन्न किसिमका हियरिङ एड, इसिजी, रगत, दिसा–पिसाव लगायतका सम्पूर्ण चेकजाँच सेवा पनि उपलब्ध गराउदै आईएको छ ।



