यी फोटोहरु नेपालगंज २ न्युरोड भानुभक्त चोक पश्चिमतिरका हुन । अगाडि घरका आहा… ओहो… भन्ने खालका तला थपिने क्रम रोकीएको छैन ।
पछाडि तिरको हालत भने यस्तो छ । घरबारी टोल र न्युरोड जोड्ने सडक छेउ पुगेकाहरु मानिसहरु नाक थुन्दै आउजाउ गर्छन । तर यो नालाको सरसफाईंमा कसैको ध्यान पुगेको छैन ।
स्थानीयहरु नगरपालिकाको फोहोर बोक्ने गाडीमा भन्दा यही नालामा बढी फोहोर थुर्पाछन ।
अब्यवस्थित रुपमा फालिएको फोहोरको डगुंरबाट कुनै दिन नेपालगंज २ न्युरोड भानुभक्त चोक आसपासको क्षेत्रको कोरोना भन्दा ठुलो अर्को महामारीको रुप नलेला भन्न सकिन्न ।
यो क्षेत्र आवास सगैं ठुलो कारोबार हुने ब्यापारिक स्थल पनि हो । यही ठाउँमा केही प्रतिष्ठित ब्यक्तित्वहरुको बसोबास पनि रहेको छ ।