अभिनेत्री श्वेता खड्काको विजयेन्द्रसिंह रावतसँग दोस्रो बिहे

  ।   २०७७ मंसिर २२, सोमबार १६:४०

संवाददाता ।
नेपाली अभिनेत्री श्वेता खड्काले विजयेन्द्रसिंह रावतसँग बिहे गर्नुभएको छ । परिवार र नजिकका आफन्तबीच उहाँले आज काठमाडौंमा बिहे गर्नुभएको हो ।

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि उहाँ बिहे गर्ने निर्णयमा पुग्नुभएको हो । श्वेतासँग बिहे भएको २ दिनमै श्रीकृष्ण बिरामी हुनुभएको थियो ।

उपचारकै क्रममा २०७१ साउन २५ गते उहाँको निधन भएको थियोे । कोभिडका कारण सिमित मानिसहरुको उपस्थिति बीच आफूले नविन यात्रा थाल्ने भन्दै उहाँले बिहेको एक दिनअघि फेसबुक स्टाटसमा उल्लेख गर्नुभएको थियो ।

आइतबार उहाँले मेहेन्दीका तस्बिरहरू सार्वजनिक गर्नुभएको थियो ।

यतिखेर सामाजिक सञ्जालमा श्वेतालाई बधाई दिनेको ओइरो लागेको छ । श्वेताले श्रीकृष्णसँगै ’कहाँ भेटिएला’ मा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।

’कोहिनुर’, ’कान्छी’ उहाँले अभिनय गरेका फिल्महरु हुन् । अभिनयसँगै व्यवसायमा व्यस्त श्वेता समाजसेवी पनि हुनुहुन्छ ।

#श्वेता खड्का #विजयेन्द्रसिंह रावत

इकान्तिपुरबाट

Next Post

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक, यस्ता छन् कांग्रेसले उठाउने एजेण्डा

२०७७ मंसिर २२, सोमबार १६:४०
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन् […]