संवाददाता, नेपालगंज ।
विपदका क्षेत्रमा क्रियाशिल युवा अभियन्तालाई लक्षित गरी नेपालगंजमा आजदेखी बाल संरक्षण सम्बन्धि तालिम शुरु भएको छ । तालिमको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले उद्दघाटन गर्नुभएको हो ।
प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको तालिम यही चैत्र ५ गते (आइतबार) सम्म चल्नेछ । तालिममा खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगर क्षेत्रबाट प्रतिनिधित्व गर्दै ३० जना स्थानीय युवा अभियन्ताहरुको सहभागीता रहेको छ ।
प्रोटेक्ट परियोजना अन्तर्गत रहेको तालिमको उद्दघाटन कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कार्यक्रम अधिकृत विनिता आरसी र फिल्ड सुपरवाइजर शंकर सिंह थारु पनि सहभागी हुनुहुन्थ्यो । बालअधिकारकर्मी आशिष बर्माले तालिममा प्रशिक्षण दिनुहुने जनाईएको छ ।
पत्रकार सिराज खानको सहयोगमा…