नेपाल जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल

  ।   २०७९ चैत्र २, बिहीबार १८:१३

संवाददाता ।

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।

आज त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।

यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।

अनलाइन खबर डटकमबाट

Next Post

मेरो बदनाम गराउन मुद्दा दायर गरियो : उपप्रमुख कमरुद्दिन राई

२०७९ चैत्र २, बिहीबार १८:१३
संवाददाता, नेपालगंज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका नगरउपप्रमुख कमरुद्दिन राईले आफ्नो बदनाम गराउन पूर्व मन्त्री सर्वदेवप्रसाद ओझाले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको बताउनुभएको छ । उहाँले बुधवार पत्रकारमाझ यस्तो दाबी गर्नुभएको हो । मनीषा एग्री कन्सर्नका संचालक ओझाले २०६२ सालमा देवानसिंह चौधरी, अर्जुन उपे्रती, आसिफ रियाज खान र कमरुद्धिन राई विरुद्ध […]

सम्बन्धित समाचार