सन् २०२० मा विश्वका दुई करोड ३० लाखभन्दा धेरै बालबालिका आधारभूत खोपबाट वञ्चित

  ।   २०७८ श्रावण ६, बुधबार ०७:२९

काठमाण्डौ । सन् २०२० मा विश्वका दुई करोड ३० लाखभन्दा धेरै बालबालिका आधारभूत खोपबाट वञ्चित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । यो सङ्ख्या २०१९ मा खोप नपाउने बालबालिकाको भन्दा ३७ लाख धेरै हो भने सन् २००९ पछिको सबैभन्दा धेरै हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले संयुक्त रूपमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२० मा एक करोड ७० लाखभन्दा धेरै बालबालिकाले एउटा पनि खोप पाएका छैनन् । खोप नपाउने धेरैजसो बालबालिका द्वन्द्वबाट ग्रस्त समुदाय, दुर्गम क्षेत्र, अनौपचारिक वा सुकुम्वासी बस्ती जस्ता ठाउँमा बस्ने रहेका छन् । उनीहरू आधारभूत स्वास्थ्य तथा सामाजिक सेवाबाट समेत वञ्चित रहेका प्रतिवेदनमा उल्लेख छ ।

डब्ल्यूएचओका महानिर्देशक डा।टेड्रोस अदहानोम गेब्रेयससले कोरोनाविरुद्धको खोपको चर्चा भइरहेको बेला अरू खोपबाट निकै पछाडि पर्न थालेको बताउनुभयो । बालबालिकाले खोप नपाएमा दादुरा, पोलियो, मेनिन्जाइटिस जस्ता रोग बढ्न गइ कोरोनाविरुद्ध लडिरहेको स्वास्थ्य प्रणाली नै जोखिममा पर्ने भन्दै उहाँले बालबालिकालाई आधारभूत खोप पुर्‍याउन सबै जुट्नुपर्ने बताउनुभयो ।

युनिसेफका कार्यकारी निर्देशक हेनरियट्टा फोरले खोपबारेको पछिल्लो तथ्याङ्क स्वास्थ्यका लागि स्पष्ट चेतावनी भएको भन्दै बालबालिका बचाउन पर्याप्त ध्यान दिनुपर्ने बताउनुभयो ।

 

-Ujyaaloonline

Next Post

बकर इदले एकता र सहकार्यलाई अझ मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा

२०७८ श्रावण ६, बुधबार ०७:२९
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हा (बकर इद)को अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना […]