युवाहरूको नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व बृद्धि गर्न तालिम सञ्चालन

  ।   २०८२ चैत्र ८, आईतवार १७:१८

नेपालगन्ज, । बर्दियाको ठाकुरद्वारामा युवा एम्बेसडर तालिम सफलतापूर्वक सम्पन्न भएको छ । बाँके यूनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।

तालिममा समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता बोकेका ३३ जना उत्साही युवायुवतीहरूको सहभागिता रहेको बाके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।उहाँका अनुसार तालिमको उद्देश्य मानव बेचबिखन, बालअधिकार, बालसुरक्षा तथा केस व्यवस्थापन जस्ता महत्वपूर्ण विषयहरूमा ज्ञान अभिवृद्धि गर्नुका साथै व्यवहारिक सीप विकास गर्नु रहेको थियो । तालिममा अन्तरक्रियात्मक तथा सहभागितामूलक सत्रहरू मार्फत सहभागीहरूले मानव बेचबिखनका चुनौतीहरू, सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगारीसँग सम्बन्धित जोखिम तथा समुदायस्तरमा समन्वयात्मक प्रयासको महत्वबारे छलफल गरेका थिए ।

उक्त तालिममा स्थानीय सरकार, एलसीसीएचटी तथा सेवा प्रदायक निकायहरूको भूमिका र जिम्मेवारीबारे पनि विशेष रूपमा जानकारी गराइएको थियो । तालिमको सहजीकरण निर्मल सुवेदी र बाँके यूनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकेले गर्नुभएको थियो भने फिल्ड सुपरभाइजर प्रमिशा थारु र सवित्रा भाटले सहयोग गर्नुभएको थियो ।

तालिमको एक प्रेरणादायी सत्रमा युवा एम्बेसडर तथा सामाजिक अभियन्ता स्वेता गुरुङ र सपना परियारले आफ्ना अनुभवहरू साझा गर्नुभएको थियो । उहाँहरूको अनुभवले युवाहरूको नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वबारे सहभागीहरूलाई थप प्रेरित गरेको जनाईएको छ ।

तालिमले सहभागीहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्नुका साथै सुरक्षित वैदेशिक रोजगार, बालअधिकार संरक्षण तथा मानव बेचबिखन नियन्त्रणमा युवाहरूलाई सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको सहभागिहरुले जनाएका छन् ।

तालिमको समापन कार्यक्रममा बाँके यूनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी तथा वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङले सुरक्षित र सशक्त समाज निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले यस्ता तालिमले मानव बेचबिखन, बालअधिकार, बालसुरक्षा जस्ता विषयमा युवामा चेतना बढाउनुका साथै सकारात्मक काम गर्न प्रेरित गर्ने गरेको बताउनुभयो ।

Next Post

बर्दियाका सात पालिकाका शिक्षकलाई बिशेष तालिम प्रदान

२०८२ चैत्र ८, आईतवार १७:१८
नेपालगन्ज, । बाँके यूनेस्को क्लबले राधाकृष्ण जनसेवा केन्द्रसँगको सहकार्य तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बालिका शसक्त परियोजना अन्तर्गत मधुवन नगरपालिका–१, पत्थरभोजीमा स्टीम शिक्षासम्बन्धी तीन दिने प्रशिक्षक तालिम सम्पन्न गरेको छ । क्लबका अनुसार सो तालिमको उद्देश्य शिक्षकहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई एकीकृत रूपमा प्रयोग गर्ने विद्यार्थी–केन्द्रित शिक्षण विधिबारे […]

सम्बन्धित शीर्षक