लुम्बिनी प्रदेशको जनशक्ति र सरकारी संयन्त्र बलियो भएपनि खर्च भने निराशाजनक

  ।   २०७७ चैत्र १८, बुधबार ०७:१८


काठमाडौं । लुम्बिनी प्रदेश सरकारले दोस्रो चौमासिकसम्म कुल बजेटको ३६ दशमलव ४६ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

प्रदेशको कुल बजेट ३६ अर्ब ३५ करोड २६ लाखमा फागुन मसान्तसम्ममा १३ अर्ब २५ करोड ५८ लाख खर्च भएको छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्मको पुँजीगत बजेटको खर्चदर जम्मा ३३ दशमलव ३५ प्रतिशत छ । चालु वर्षका लागि छुट्याइएको १८ अर्ब ७२ करोड विकास बजेटमध्ये जम्मा ६ अर्ब २४ करोड खर्च भएको छ ।

अघिल्ला वर्षको तुलनामा प्रदेशमा जनशक्ति र बजेट खर्च गर्ने संयन्त्रको व्यवस्थापन हुँदै गए पनि बजेटको खर्चदर भने खासै बढ्न सकेको छैन । गत आर्थिक वर्षको सोही अवधिमा २८ प्रतिशत बजेट खर्च भएको थियो । अघिल्ला वर्षको तुलनामा केही प्रतिशत बढे पनि दोस्रो चौमासिकसम्मको यो खर्चदरलाई सन्तोषजन रहेको छैन ।

Next Post

आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक

२०७७ चैत्र १८, बुधबार ०७:१८
काठमान्डौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । आज बस्ने बैठकको कार्यसूची सार्वजनिक गरेको छ । संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पेस हुनेछन् । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय […]