आगामी तीन दिन देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने

  ।   २०७७ माघ ३०, शुक्रबार १५:२१

पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने देखिएको छ ।

उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

’यस वायुको प्रभावले वर्षा हुने सम्भावना भने छैन’ उहाँले भन्नुभयो, हाल देशको सुदूरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

Next Post

लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक विदा

२०७७ माघ ३०, शुक्रबार १५:२१
संवाददाता । लुम्बिनी प्रदेशभर फागुन ३ गते सार्वजनिक विदा दिईने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले माघ २८ गते सूचना जारी गरि सार्वजनिक विदाका सम्बन्धमा जानकारी दिएको हो । प्रदेश सरकार (मन्त्रिपरिषद) १० बैशाख २०७७ को निर्णाय अनुसार फागुन ३ गते सोमबार प्रदेश स्थापनाको अवसरमा सार्वजनिक विदा दिन लागीएको […]

सम्बन्धित समाचार