रन्जित कुमार चौधरी
बाँके । नरैनापुर पुग्नु भएका अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले खडेरीको मारमा परेका किसानको लागि राहत महसुस हुनेगरी कार्यक्रम ल्याउने बताउनु भएको छ । नरैनापुरका अध्यक्ष इस्तियाक अहमद शाहको निम्तोलाइ स्वीकार गरेर खडेरी परेको क्षेत्र पुग्नु भएका मन्त्री शर्माले वास्तविक रुपमै जनता खडेरीको मारमा परेको टिप्पणी गर्नु भयो । आफू काठमाडौं पुग्ना साथ किसानको माग सम्बोधन हुनेगरी कामगर्ने समेत अर्थमन्त्री शर्माले उपस्थित किसानहरूलाई आश्वासन दिनुभएको हो ।
लामो खडेरीको कारण नरैनापुरका किसानले १५ प्रतिशत पनि खेती लगाउन नपाएको खबर पाएपछि नरैनापुरको स्थलगत अवलोकन गर्न पुग्नु भएका अर्थ मन्त्री शर्माले प्रत्यक्ष आँखाले देखेको कुरा आफुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकमा राख्ने नरैनापुरको बारेमा विशेष सम्बोधन गर्न लगाउने प्रतिबद्धता समेत जनाउनु भयो ।
सुर्खेतमा पार्टीको कार्यक्रम छोडेरै भएपनि नरैनापुर पुग्नु भएका अर्थमन्त्री शर्माले आफू उर्जा मन्त्री भएको बेला नरैनापुर क्षेत्रमा बुजुली बत्ती लगायतको काम गर्न सफल भएको स्मरण गराउँदै विकास निर्माणको लागि पनि नरैनापुर प्रति आफु निकै सकारात्मक रहेकोले सक्दो सहयोग उपलब्ध गराउने दाबी गर्नु भयो ।
आकाशे पानीको भर परेका नरैनापुरका किसानहरूले बैकल्पिक खेतीको लागि सोक्नु पर्ने बेला आएको बताउनु भयो । धानखेतीको बिकल्पमा मकै वा अन्य खेती लगाउनको लागि किसानलाई मल बिउको व्यवस्था गर्न र सिचाईको समस्यालाई समाधान गर्नको लागि डिप बोरिङ्गको लागि पनि आफुले पहल गर्ने आश्वासन दिनुभयो ।
यस्तै लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी (नमुना) ले नरैनापुर क्षेत्र अत्यन्तै पिछडिएको क्षेत्र भएकोले सरकारले विषेश ग्रहायता दिएर हेर्नुपर्नेमा जोड दिनु भयो । सांसद नमुनाले नरैनापुर क्षेत्रलाई अन्न भण्डारको रुपमा चिनाउन खडेरीलाई अवसरमा परिणत गर्न आईपर्ने भोकमरीको समस्याबाट नरैनापुरबासीलाई जोगाउन राज्यले विषेश प्याकेजको घोषणा गर्नु पर्ने भन्दै अर्थमन्त्री शर्मा समक्ष माग गर्नुभयो ।
सो गाउपालिकाका अध्यक्ष शाहले गतबर्ष पाकेको धान बर्षाले खेतमै झरेर मर्कामा परेका किसानहरु यसपटक लामो खडेरीले धान खेती लगाउन नपरेकोले यस क्षेत्रलाई सुक्खा लामो समयदेखि इस्तियाक अहमद शाहले २०७८ सालको कात्तिकको अन्तिमसाता परेको अविरल वर्षातको कारण पाकेको धान गुमाउनु परेको अवस्थाका नरैनपुरका किसानले यसवर्ष लामो खडेरीको कारण धान लगायतको खेती लगाउन नपाएकोले नरैनापुर गाउपालिकालाई सुख्खा पालिका घोषणा गरेर राहत प्याकेज उपलब्ध गराउन अर्थमन्त्री शर्मा समक्ष आफ्ना माग राख्नु भयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी पनि नरैनापुर पुग्नु भएको थियो ।