लाइफ स्टोरी : राजनीतिका सौखिन यमनाथ

जननिर्वाचित सांसद भई बर्दियामा जनसमृद्धि ल्याउने चाहना

  ।   २०७९ भाद्र १९, आईतवार १८:४३

संवाददाता, बर्दिया ।

पत्रकार यमनाथ घिमिरेको जन्म २०३६ सालमा बर्दियाको राजापुरमा भएको हो । उहाँ अहिले ४३ बर्षको हुनुभएको छ । यमनाथ घिमिरेको (जीन्दगीको दौडाह) हिडाई, बसाई, खुवाई, हाउभाउ, जोस, जाँगर, उत्साह हेर्दा लाग्छ, कुनै अल्लारे ठिटो भन्दा कम छैन र, देखिनुहुन्न ।

साथी भाई भने पछि हुरुक्कै हुने, समयको एकदम ख्याल गर्ने उहाँ सहगोगी, समाजसेवी भावको हुनुहुन्छ ।

पत्रकारिता भन्न साथ उहाँले प्राय : भनिरहने, उठाई रहने सवाल भनेको ‘अभाव, दबाब र प्रभावबाट पत्रकारिता मुक्त रहनुपर्छ, सीमित स्रोत, साधन र जनशक्तिका बावजूद स्थानीय विकास, समृद्धि, नागरिक अधिकार एवम् लोकतन्त्र सबलीकरण र सुशासनमा असीमित रचनात्मक भूमिका खेल्दै आईरहेका स्थानीय मिडियाहरुको प्रवर्धन गर्नु स्थानीय तह, जनप्रतिनिधि, सरकारी राष्ट्रसेवक र सरोकारवालाहरुको परमो धर्म र असल कर्तव्य हो ।’

उहाँले २०५२ सालबाट पत्रकारिता शुरु गर्नुभएको हो । उहाँले विभिन्न राष्ट्रिय मीडियामा आबद्ध भएर पनि केही समय काम गर्नुभयो । विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध भएर पनि काम गर्नुभयो ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद, समृद्धि, सुशासन, नागरिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, प्रेस जगतको दिगो विकास प्रति पूर्ण प्रतिबद्ध घिमिरे प्रेस क्लव अफ नेपालको संस्थापक अध्यक्ष हुनुहुन्छ ।

यस्तै लुम्बिनी पत्र दैनिकको प्रकाशक, सम्पादक पनि रहनुभएका घिमिरे हाल नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष समेत हुनुहुन्छ । उहाँलाई पेशाका हिसावले पत्रकारिता र पत्रकार भनेर धेरैले चिन्ने र बुझ्ने पनि गरेका छन ।

त्यति मात्रै होइन घिमिरेलाई समाज र राजनीतिमा सक्रिय भई बफादार, इमानदार कार्यकर्ता भई खटिने, लाग्ने जिम्मेवार ब्यक्तिका रुपमा पनि चिन्ने र बुझ्ने गरेका छन ।

समाजसेवा र राजनीतिक सक्रियता, चिन्तनकै कारण ९ बर्षको कलिलै उमेरमा २०४५ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिई त्यसमा काम गर्नुभयो ।

२०४८ सालको आम निर्वाचनमा माइकिङ्ग, प्रचार प्रसारको मुख्य भूमिकामै रहनुभयो । २०४९ सालमा नेपाल विद्यार्थी संघ मावि इकाई अध्यक्ष, स्थानीय निर्वाचनको प्रचारक भई पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्नुभयो ।

२०५४ सालमा नेबि संघ उच्च मावि इकाइको अध्यक्ष, स्थानीय निर्वाचनको प्रचारक, २०५६ सालमा नेबि संघ जिल्ला सदस्य आम निर्वाचनको प्रचारक भई पार्टीलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्नुभयो ।

२०५७ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको स्ववियू सदस्य निर्वाचित भई प्रवक्ताको जिम्मेवारी पाई नियुक्त हुनुभयो । २०५८ देखि २०६१ सम्म प्रतिगमन विरुद्धका आन्दोलनमा तत्कालीन पार्टी सभापती स्वर्गीय गिरिजा प्रसाद कोइराला, तत्कालिन महामन्त्री सुशील कोइराला, नेबि संघ अध्यक्ष गुरु घिमिरे, उपाध्यक्ष महेन्द्र शर्मा सहित देश दौडाहामा हिड्नुभयो ।

२०६१-०६२ सालको जन आन्दोलन २ मा सहभागी एवम् घाइते एवम् थुनामा समेत पर्नुभयो । र २०६३ सालमा यमनाथ घिमिरेले नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गर्नुभयो ।

२०६४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको मुखपत्रकै रुपमा सक्रिय रुपमा प्रमुख मीडिया प्रचारकको भूमिका निर्वाह गर्नुभयो । २०६४ देखि २०७४ सम्म नेपाल प्रेस युनियन बर्दियाको उपाध्यक्ष हुदै नेपाल पत्रकार महासंघ बर्दिया जिल्ला उपाध्यक्ष समेत बन्न सफल हुनुभयो ।

त्यसपछि २०७० सालको संविधान सभा निर्वाचनमा पनि नेपाली कांग्रेसको प्रमुख प्रचारक नै भएर स्थानीय रुपमा काम गर्नुभयो । २०७४ सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर १ मा प्रमुख प्रचारक भएर नै काम गर्नुभयो । र २०७८ को चौधौं महाधिवेशनबाट पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभयो ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा पनि यमनाथ घिमिरेले पार्टीको कामलाई पहिलो प्राथामिकता दिई आफुले पाएको जिम्मेवारीलाई दृढता, कुशलता पूर्वक सम्पन्न गर्न सफल हुनुभयो ।

राजनीतिमा लागीरहँदा यमनाथ घिमिरलाई केही अवसर पनि आए । कति सफल भए, कति सफल हुन सकेनन् । धेरै मध्येको एक स्थानीय तह निर्वाचन २०७९ पनि एक हो ।

गुलरिया नगरपालिकाको नगरप्रमुखका लागी सिफारिस भएका ११ जना मध्ये यमनाथ घिमिरेको नाम पनि सिफारिस भएको थियो । त्यो सफल हुन सकेन । र पनि पार्टीलाई जिताउन कुनै पनि कसरत आफनो तर्फबाट कमी हुन नदिई सके जति पार्टीको काममै लाग्नुभयो । पार्टीले खटाएको ठाउँमा गएर जिम्मेवारी पुरा गर्नुभयो ।

यस्तै आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको योग्य उम्मेदवारका रुपमा नेपाली काग्रेंस पार्टीले यमनाथ घिमिरेलाई ठानेको छ । प्रतिनिधि सभाका लागी उहाँको बर्दिया क्षेत्र नम्बर १ मा चर्चा चलेपनि टुगों भने अझै लागी नसकेको घिमिरेले बताउनुभएको छ ।

यमनाथ घिमिरे भन्नुहुन्छ, ‘पत्रकारिता कर्म गरी खाने एउटा पेशा हो । राजनीति, समाज सेवा निशुल्क रुपमा गरिने स्यंयमसेवी सेवा हो ।’ पत्रकारिताबाट आफु अब विस्तारै राजनीतिमा होम्मि सकेकाले यसैलाई बलियो बनाएर लैजाने आफनो भावी योजना रहेको घिमिरेले बताउनुभएको छ ।

घिमिरे भन्नुहुन्छ, ‘अब राजनीतिबाट बर्दियाली जनताको सेवा र विकास गर्ने तिब्र चाहाना छ, जननिर्वाचित सांसद भई जनताको सेवा र बर्दियामा जनसमृद्धि ल्याउने आगामी योजना हो ।’

Next Post

गुडन्यूज अंक १३

२०७९ भाद्र १९, आईतवार १८:४३
e-Paper Link