असल छिमेकीद्वारा दाङका विकट वस्तीमा निस्शुल्क स्वास्थ्य शिविर

  ।   २०८० मंसिर ५, मंगलवार १४:४४

दाङ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, सदरलाइनस्थित असल छिमेकी सामुदायिक हस्पिटलद्वारा संचालित असल छिमेकी सामुदायिक पोलिक्लिनिकले दाङका विभिन्न स्थानमा निस्शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।      दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ६ को अति विकट स्थान गौरीया नाका र गङ्दी खोला गाउँमा नाक, कान, घाँटी तथा दाँत सम्बन्धि रोगको निस्शुल्क स्वास्थ्य शिविर संचालन गरेको अस्पतालले जनाएको छ ।            अस्पतालले आइतबार गौरीया नाकामा पुगेर निस्शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । त्यहाँ विभिन्न रोगका ८० जना विरामीलाई स्वास्थ्य सेवा प्रदान गरिएको र विरामीहरुको निस्शुल्क रुपमै प्रेसर सुगर जाँच गरी आवश्यक औषधि पनि निस्शुल्क नै वितरण गरेको अस्पतालले जनाएको छ ।        त्यसैगरी सोमबारका दिन गङदी खोला गाउँमा संचालन गरेको शिविरमा १ सय २० जना विरामीलाई निस्शुल्क रुपमा सुगर प्रेसर जाँच लगायतका स्वास्थ्य चेकजाँच गरी आवश्यक औषधि निस्शुल्क रुपमै वितरण गरिएको अस्पतालले जनाएको छ ।          निस्शुल्क रुपमै स्वास्थ्य जाँच र औषधि पाएपछि स्थानीय खुशी भएका थिए । विकट ठाउँमा पनि अस्पतालका डाक्टरसहितको टोली आएर औषधि उपचार गरिदिएको भन्दै डाक्टर र अस्पताललाई स्थानीयले धन्यवाद दिएका थिए ।              नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा।प्रकाश बसेलको नेतृत्वमा रहेको चिकित्सकको टोलीले विरामीलाई निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालले जनाएको छ ।        अस्पतालले बाँके जिल्ला लगायत विभिन्न जिल्लामा पुगेर गरीव निमुखा तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नेपाली नागरिकको निस्शुल्क स्वास्थ्य जाँच र निस्शुल्क रुपमै औषधि वितरण गर्दै आएको जनाएको छ ।          राजपुरको ६ नम्बर वडाको गौरीया नाकासम्म पुग्नकालागि गङ्दीबाट ८ घण्टाको पैदल यात्रा गरेर भरीयामार्फत औषधि बोकाएर चिकित्सकको टोली अस्पतालले त्यहाँ पुराएको थियो ।              गरिव तथा निमुखा नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको निस्शुल्क स्वास्थ्य शिविर कार्यक्रम विभिन्न जिल्लामा निरन्तर रुपमा जारी रहने अस्पतालले जनाएको छ ।

Next Post

शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानताः मन्त्री शर्मा

२०८० मंसिर ५, मंगलवार १४:४४
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले राष्ट्रिय विभूति शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानता भएकाले आज पनि त्यो सपना पूरा गर्ने कार्यभार बाँकी नै रहेको बताउनुभएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको अवसरमा पद्यरत्न लुमन्ति गुथिले शंखधर उद्यान रत्नपार्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक व्यवस्थाअनुकूल […]