नेपालमा हरवा चरवा, हलिया र कमैयाका समूह, संञ्जाल संगठित बने

  ।   २०७९ असार १७, शुक्रबार १८:४६

संवाददाता, काठमाडौं

नेपालमा हरवा चरवा, मुक्त हलिया र मुक्त कमैयाको हक, अधिकारका क्षेत्रमा क्रियाशिल तीन वटा समूहका संञ्जालहरु एक ठाउँमा गोलबद्ध भएका छन ।

कृषि बाँधा श्रमिकका साझा समस्याहरुको समाधान, परापूर्व कालदेखी हुदै आएको अन्यायलाई अन्त्य गर्न साझा आन्दोलनको शंखघोष गर्नुपर्ने आवाश्यकता महसुस गरी राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समिति गठन गरि छरिएर रहेका समूह, संञ्जालहरु एक ठाउँमा गोलबद्ध भएका हुन ।

नव गठित राष्ट्रिय वंधुवा कृषि मजदुर संघर्ष समितिको अगुवाईमा आज मुक्त हलिया, मुक्त कमैया र हरवा चरवाको माग सम्बोधन गराउन भन्दै राष्ट्रिय मानवअधिकार आयोग मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र समेत बुझाईएको छ ।

मुक्त हलिया र मुक्त कमैयाको लगतमा नै वास्तविक मान्छे छुटेकाले एक पटकका लागि लगत लिन र हरवा चरवाको पहिचान सहित मुक्तिका लागि अब संयुक्त रुपमा संघर्ष गरिने राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका सचिव प्रसाद नेपालीले जानकारी दिनुभयो ।

  • के छन्, माग ध्यानाकर्षण पत्रमा हेर्नुहोस ।

#हरवा_चरवा_हलिया_कमैया

Next Post

भारतीय नम्बर प्लेटको गाडी बाँके प्रहरीको नियन्त्रणमा

२०७९ असार १७, शुक्रबार १८:४६
संवाददाता, नेपालगंज । बाँकेको नेपालगंज स्थित जमुनाह नाका हुदै भारतको रुपैडिहा तर्फ गईरहेको आर.जे.जेरो.नाइन. जीबी ४५४२ नम्बरको भारतीय गाडी (कन्टेनर) प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले गाडी (कन्टेनर) भित्र लुकाई भारत तर्फ लैजादै गरेको २ सय ५० बोरा अफिम ब्राण्डको पोष्टर दाना समेत बरामत गरेको जनाईएको छ । तर यसबारेमा बाँके […]