उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

  ।   २०८१ भाद्र २९, शनिबार १३:५२

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताउनुभएको छ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो- ´उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’

अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताउनुभयो। तपाईहरुले बरियता मिच्न लाग्नु भएको कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो- ´प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’

उहाँले संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताउनुभयो । ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उहाँले भन्नुभयो। अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि बताउनुभयो । ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ,’ – उहाँले भन्नुभयो।

उहाँले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर आफूहरु लागिरहेको उल्लेख गर्दै भन्नुभयो- ‘व्यवस्था र परिवर्तनको लागि धेरै त्याग गरेको हाम्रो पार्टी नै हो । त्यसैले परिवर्तन उल्ट्याउन नदिने गरी तयारी गर्नुपर्छ भनेर हामी लागेका छौं ।`अर्को एक प्रसङ्गमा उहाँले राजनीतिमा नेताको एक्जिट भन्ने नुहने बताउनुभयो । ‘सच्चा राजनीतिज्ञहरु बाँचेसम्म राजनीति गर्छन् । मरेपछि पनि उनीहरुले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ । नेतालाई विश्राम लिने छूट हुदैन।´- उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले आजै मोरङ र सुनसरीका विभिन्न पार्टी कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ।

Next Post

प्लान इन्टरनेशनल हङकङको उच्चस्तरीय टोलीद्धारा बाँके र बर्दियाको भ्रमण

२०८१ भाद्र २९, शनिबार १३:५२
नेपालगन्ज । प्लान इन्टरनेशनल हङकङका प्रतिनिधिहरूको एक उच्चस्तरीय टोलीले बाँके र बर्दियाको भ्रमण गरेर दुबै जिल्लामा सञ्चालित परियोजना र ती परियोजनाले पारेको प्रभावका बारेमा बिस्तृत जानकारी लिएको छ । प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा दुबै जिल्लामा सञ्चालन गरिएका परियोजनाले समाजमा पारेको प्रभावसंगै देखिएका समस्याका बारेमा पनि सो टोलीले […]