उपमहानगरलाई बाल श्रममुक्त बनाउन सक्रियता

  ।   २०७९ माघ १२, बिहीबार १८:०१

संवाददाता, नेपालगंज ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका बाल श्रम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउने गरी अगाडि बढेको छ । नगरलाई छिट्टै बाल श्रममुक्त बनाउने गरी तदारुकता देखाएको नेपालगञ्ज उपमहानगरपालिकाले सरोकारवालाहरुसंग अन्तरक्रिया थालेको हो । आज सरोकारवालाहरुसंग अन्तरक्रिया गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले पहिलेको तुलनामा बाल श्रम घटे पनि चुनौती कायमै रहेकाले सहकार्य, समन्वय र हातेमालो गर्न जरुरी रहेको बताएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बाल श्रम, बाल विवाह र खोप कार्यक्रम नगरका मुख्य समस्या भएपनि अन्य सूचकमा उल्लेख्य सुधार देखिँदा बाल श्रम न्यूनीकरण भने चुनौतीपूर्ण देखिएको औंल्याइएको छ । रिजालले नेपालगञ्ज उमहानगरपालिका बाल श्रम मुक्त हुनुपर्दछ भन्ने अर्जुनदृष्टिका साथ अघि बढेको बताउनुभयो । व्यवसायिक प्रतिष्ठानहरुले बाल श्रम नराख्ने दृढता लिँदा न्यूनीकरण सहज हुने उहाँको भनाई छ ।

अन्तरक्रिया कार्यक्रममा बाल श्रमिकको तथ्यांक अद्यावधिक, सचेतनामूलक कार्यक्रम सञ्चालन, सञ्चार माध्यमबाट सचेतनामूलक सामग्रीको प्रकाशन-प्रशारण, होडिंग बोर्ड राख्ने, नियमित अनुगमन, छलफल र अन्तरक्रियालाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएर बाल श्रममा लागेका बालबालिकाहरुको पठनपाठन र अन्य क्रियाकलापमा स्थानीय सरकारले दायित्व बहन गर्नुपर्ने सुझाब सरोकारावालाहरुले दिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख शोभा शाहले कमजोर स्थितिका बालबालिकाहरुको अवस्था हेरेर उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले बालश्रम न्यूनीकरणको विषय अत्यन्तै संवेदनशील भएको भन्दै सबैको हातेमालो र जागरुकताले मात्र सम्भब हुने बताउनुभयो । शाहले बाल श्रमको परिभाषा, कानुनी व्यवस्था र विद्यमान नीति नियमबारे प्रस्तुतिकरण गर्नुभएको थियो । शाहले अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो । उहाँले सबै कुरो थाहा पाएर पनि अटेरी गर्ने संस्कारले अप्ठ्यारो पारेको उल्लेख गर्नुभयो ।

छलफलका क्रममा कुनै व्यवसायिक प्रतिष्ठानले बालबालिकालाई बाल श्रममा राखेको पाइएमा बाल श्रम न्यूनीकरणको लागि आफैं ४-५ वटा होडिंग बोर्ड टाँस्नुपर्ने नीति लागू गर्ने विषयमा पनि छलफल भएको महिला विकास अधिकृत पवित्रा पुरीले बताउनुभयो । उहाँले नगरमा बालबालिकाहरुको अवस्थाका विषयमा प्रस्तुतिकरण समेत गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा होटेल व्यवसायी, यातायात व्यवसायी, प्रहरी, बालबालिकाका क्षेत्रमा काम गरिरहेका संघसंस्थाका प्रतिनिधि, बाल अधिकारकर्मी लगायत उपस्थित थिए ।

नेपालगञ्ज क्षेत्रमा ग्यारेज, होटल, फर्निचर, मोबाइल पसल, इलेक्ट्रोनिक पसल, अटो रिक्सा, सुन पसल लगायतका क्षेत्रमा बढी बाल श्रम रहेको बताइएको छ । नेपालको कानुनले १४ वर्ष मुनीका बालबालिकालाई कुनै पनि किसिमको श्रममा लगाउन बन्देज गरेको छ ।

नविन गिरीको सहयोगमा…

Next Post

लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा राजापुर: मन्त्री नमुना

२०७९ माघ १२, बिहीबार १८:०१
बाँके । बर्दिया राजापुर क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना)ले बताउनुभएको छ । बिहीबार राजापुरमा रहेको किसान माध्यमिक विद्यालयको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रदेशको पश्चिम क्षेत्रमा रहेको राजापुर क्षेत्रको विकासमा लुम्बिनी सरकार प्रतिबद्ध रहेको मन्त्री नमुनाले बताउनुभयो । […]

सम्बन्धित शीर्षक