बाँके । खडेरी परेको नरैनापुरका किसानलाई डिप बोरिङ र राहत उपलब्ध गराउन माग गर्दै प्रदेश सांसद कृष्णा केसी (नमुना) र नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बिहिबार जिल्ला प्रशासन कार्यालय पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई पत्र हस्तान्त्रण गर्नु भएको छ ।
नरैनापुर गाँउपालिकाको सर्वदलिय बैठकले किसानलाई राहत दिन प्रदेश र संघीय सरकार संग माग गर्ने निर्णय गरे पछि गाँउपालिकाले सो निर्णय संगै मागपत्र राखेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको नरैनापुरका प्रमुख प्रशाकिय अधिकृत भरत बस्नेतले जानकारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी खत्रीलाई पत्र हस्तान्त्रण गर्दै अध्यक्ष शाहले भन्नुभयो, “गत वर्षको बेमौसमी बर्षाका कारण खेतमा किसानले लगाएको धानबाली नष्ट भएको पिडा सेलाउन नपाउदै यस वर्ष समयमा वर्षात नहुदाँ धानको बिउ खेतमा नै सुकेर नष्ट भएको बताउनु भयो ।” उहाँले भन्नुभयो गाउँपालिकामा सिचाइको व्यवस्था नहुँदा ९० प्रतिशत खेत बाँझाँ नै छन् । नरैनापुरको ९० प्रतिशत खेत बाँझाँझो भए पछि पालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषण गरिएको बताउनु भयो ।
नरैनापुरका किसानलाई राहत दिन माग गर्दै गाँउपालिका अध्यक्ष शाह संगै नेकपा माओबादी केन्द्रकि केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सभा सदस्य कष्णा केसी “नमूना” पनि जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । उहाँले गृह र कृषि मन्त्रालयलाई राहतको व्यवस्थापनका लागि पत्रचार गरीदिन प्रमुख जिल्ला अधिकारी संग आग्रह गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले आईतबार विपत व्यवस्थापन समितिको बैठकबाट निर्णय गराएर राहतका लागि केन्द्र सरकारलाई पत्रचार गर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी खत्रीले भन्नुभयो, पानी नभएर आकाशको भरमा खेति गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि आफूले पहल थाल्ने समेत बताउन छुटाउनु भएन ।
आजै बिहानको भेटवार्तामा अर्थमन्त्रीको सल्लाह अनुसार प्रमुख जिल्ला अधिकारीलाई राहतका लागि पहल गरीदिन पत्र दिएको सांसद केसीले बताउनु भयो ।