काठमाण्डाै | काेभिड–१९ सम्भवतः विश्वका केही देशमा कच्चा मृत्यु दरमा वृद्धि र संयुक्त राज्य अमेरिकामा जीवन आशामा गिरावटकाे कारण हाे । प्रजनन दरमा महामारीकाे प्रभाव अझै पनि निकै हदसम्म थाहा भएकाे छैन । विश्वकाे जनसङ्ख्या सन् २०५० सम्म ९ दशमलव ७ बिलियनसम्म पुग्ने सम्भावना छ, सन् २०२० काे तुलनामा झन्डै २४ प्रतिशतले बढी ।
यी पीआरबीकाे २०२१ विश्व जनसङ्ख्या डाटा शीट (तथ्याङ्क पत्र) काे केही प्रमुख निष्कर्ष हुन् । जसमा पीआरबीका जनसङ्ख्यिकीय विशेषज्ञहरूले केही देशमा विश्वसनीय तथ्याङ्का कारण जनसङ्ख्याकाे प्रवृत्तिमा काेभिड–१९ काे प्रभावकाे आकलन गर्न अहिले पनि हतार हुने चेतावनी दिएका थिए ।
विश्वकाे जन्म र मृत्यु दरमा काेभिड–१९ महामारीकाे प्रभाव अस्पष्ट, केही देशमा विश्वसनीय तथ्याङ्ककाे अभाव
तर महत्त्वपूर्ण तथ्याङ्क दर्ता प्रणालीमा आएकाे बाधाले केही देशमा काेभिड–१९ मृत्युलाई कम गर्न याेगदान दिएका छन् । के महामारीबाट प्रभावित प्रजनन निर्णयहरू प्रजनन क्षमतामा असर पर्न सक्छ भन्नेबारेमा चाहिँ आकलन गर्न कठिन छ ।
संयुक्त राज्य अमेरिकामा जन्मकाे समय जीवन आशा दुवै लिङ्गकाे घटेकाे छ । यूएस सेन्टर फर डिजिज कन्ट्राेलका अनुसार महिलाका लागि ८१ दशमलव ४ वर्षदेखि ८० दशमलव २ वर्ष, पुरुषका लागि ७६ दशमलव ३ देखि ७४ दशमलव ५ सम्म घटेकाे तथ्याङ्कले देखाउँछ ।
सन् १९६२ देखि बर्सेनि प्रकाशित हुँदै आएकाे पीआरबीकाे विश्व जनसङ्ख्या डाटा शीटले दुई सयभन्दा धेरै देश र क्षेत्रका लागि जनसाङ्ख्यिकीइ सङ्केत प्रदान गर्दछ । जसमा जन्म र मृत्यु दर, जीवन आशा र अन्य महत्तवपूर्ण जनसङ्ख्या सङ्केत समावेश हुन्छ ।
सन् २०२१ काे डाटा शीटले प्रजनन क्षमताकाे ढाँचा र प्रवृत्ति र विश्वलाई प्रभावित गर्ने तिनकाे क्षमतामा जाेड दिएकाे छ ।