वार्ता र सहमतिको सम्भावना सकियो : नेता माधवकुमार नेपाल

  ।   २०७८ भाद्र ८, मंगलवार ०७:२५

unn.prixa.net

काठमाण्डाै | नेता माधवकुमार नेपालले नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढेकाले वार्ता र सहमतिको सम्भावना सकिएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता नेपालले अब वार्ता र सहमति हुन नसक्ने बताउनुभएको हो । उहाँले यसअघि पटक-पटक बेइमानी भएको भन्दै अब हल्ला र भ्रमको पछाडि नलाग्न नेता र कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामा छ।

निर्वाचन आयोगले सनाखतका लागि भोलिका लागि बोलाएको छ । यसअघि हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन एमाले विवाद समाधान गर्न गठित कार्यदलका नेताहरुबीच १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको थियो ।

एमालेका अध्यक्ष ओलीले आज स्थायी कमिटीको बैठक बोलाउनुभएको छ । बैठक बिहान ११ बजे ललितपुरमा रहेको तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्दैछ ।

Next Post

सल्ली-चौरजहारी सडक : ट्रयाक खोलेको दुई दशकमा पनि स्तरोन्नति हुँदा सधैं सास्ती

२०७८ भाद्र ८, मंगलवार ०७:२५
सल्यान । सल्यानको सल्लीबजारदेखि रुकुम-पश्चिम जोड्ने सडक खण्डको ट्रयाक खोलेको करिब २० वर्ष पुग्दा समेत सडकको स्तरोन्नति हुन सकेको छैन। दुई जिल्ला जोड्ने सडक स्तरोन्नति नहुँदा यस क्षेत्रका सर्वसाधरणले लामो समयदेखि जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। करिब ४० किलोमिटरको चौरजहारी(सल्ली सडकखण्ड वर्षा याममा अवरुद्ध हुने भएकाले यस क्षेत्रका बासिन्दा […]