कोरोना नियन्त्रणका लागि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू

  ।   २०७७ मंसिर ७, आईतवार ०७:०९

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि दैनिक रात्रिकालीन कफ्र्यू लगाइएको छ ।

डिसेम्बर २१ सम्म कफ्र्यू कायम रहने आवश्यकता अनुसार यसलाई बढाउन सकिने अधिकारीहरुले जनाएका छन् ।

क्यालिफोर्नियामा गत अगष्ट महिनाको भन्दा पनि अबस्था बिग्रिएपछि थप नियन्त्रणका उपाय लागु गर्न थालिएको हो ।

राज्यमा १० लाख बढी संक्रमित छन् ,जुन टेक्सस पछिकै धेरै हो । अमेरिकाभर पनि कोरोनाबाट मृत्यु हुनेको संख्या जुन महिना पछि पहिलो पटक दैनिक २ हजार नाघेको छ ।

अमेरिकाभर हालसम्म १ करोड २४ लाख भन्दा बढी संक्रमित छन् भने मृतकको संख्या २ लाख ६१ हजार नाघेको जोन हप्किङ्स विश्वविद्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १ लाख ८७ हजार नयाँ संक्रमित थपिएका छन् ।

धेरै राज्यहरुले मास्कलाई अनिवार्य बनाउंदै विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरेका छन् ।

Next Post

काठ कटान, ओसारपसार र बिक्री वितरण खुला गर्न सरकारसँग माग

२०७७ मंसिर ७, आईतवार ०७:०९
राष्ट्रिय वन उपभोक्ता महासंघ नेपालले काठ कटान, ओसारपसार र बिक्री वितरण तत्काल खुला गर्न सरकारसँग माग गरेको छ । साल बाहेकका काठ मात्र खुलाउने सरकारी निर्णयले १ करोड ४० लाख बढी उपभोक्तहरु आफ्नो घरगोठ बनाउनबाट बञ्चित भएको भन्दै महासंघले यस्तो माग गरेको हो । देशभरीका २२ हजार २ सय ६६ […]

सम्बन्धित समाचार