
संवाददाता ।
केरामा लाग्ने नयाँ रोग पाना प्रजाति ‘टिआर–४’ फेला परेको छ । टिआर–४ प्रजाति नेपालमा पहिलो पटक फेला परेको हो । कैलालीको टीकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटार, ललितपुरले सोमबार पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी गराएको हो ।
केन्द्रका वैज्ञानिक डाक्टर रामबहादुर खड्काले केरामा पानामा रोगको प्रजाति टिआर–४ नेपालमा पहिलो पटक टीकापुर क्षेत्रमा फेला परेको जानकारी दिनुभयो । वैज्ञानिक आँकडाअनुसार पानामा रोग केरामा लाग्ने प्रमुख रोग हो ।
यो रोग फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीद्वारा लाग्छ । “यो ढुसीका चारवटा रेस (प्रजाति) हुन्छन् । तीमध्ये रेस–२ र ३ जंगली जातको केरामा लाग्छ ।
नेपालमा मालभोग र अरू स्थानीय जातका केरामा रेस–१ लाग्ने गर्छ,” वैज्ञानिक खड्काले भन्नुभयोे, “गएको सात–आठ वर्षमा यो रेसले चितवन लगायत धेरै क्षेत्रमा नोक्सानी पु¥याउँदै आएको छ ।
कारोबारबाट



