किसानको बक्यौता तिर्न डीडीसीले लियो २० करोड ऋण

  ।   २०७८ असार २०, आईतवार १९:३६


काठमाडौं । सरकारले दूग्ध विकास संस्थान डिडिसीलाई सहुलियत दरमा २० करोड ऋण उपलब्ध गराएको छ ।लकडाउनका कारण दूग्ध उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेको भन्दै संस्थानले कृषि मन्त्रालयमार्फत सरकारसँग ऋण माग गरेको थियो ।

कृषि मन्त्राललयमार्फत संस्थानलाई अर्थले २० करोड सहुलियतको ऋण उपलब्ध गराएको संस्थानका बजार प्रबन्धक सन्जिव झाले बताउनुभयो । उक्त ऋण १० वर्षका लागि पाँच प्रतिशत ब्याजदरमा प्राप्त भएको उहाँको भनाइ छ ।

‘हामीले वर्षको दुई करोडका दरले तिर्नेगरी रकम प्राप्त भयो, हामीले सो रकम किसानको खातामा पठाउन थालेका छौं,’ झाले भन्नुभयो ।

निषेधाज्ञाका कारण दूग्ध पदार्थको बिक्री प्रभावित हुँदा झण्डै दूध उत्पादन गर्न किसानको ४५ करोड रुपैयाँ बक्यौता बाँकी रहेको र सोही बक्यौताका लागि ऋण लिइएको झाले बताउनुभयो ।

संस्थानले ३० करोड रुपैयाँ ऋण माग गरेको भएपनि २० करोड मात्रै पाएको उनले जानकारी दिनुभयो । २० करोड किसानको खातामा पठाएपछि बाँकी २५ करोड भने डिडिसीकै आन्तरिक बिक्रीबाट तिर्ने संस्थानको तयारी छ ।

सरकारबाट लिएको ऋणबाट चैत १५ गतेसम्मको किसानको बक्यौता चुक्ता हुने र असार १५ सम्मको बक्यौता भने अझै बाँकी हुनेछ । करोडौ रुपैयाँ बराबरको धुलो दूध, घ्यू, बटर लगायतका दूग्धजन्य पदार्थ डिडिसीको भण्डारणमा थन्किएको पनि बजार प्रबन्धक झाले बताउनुभयो ।

Next Post

प्राकृतिक प्रकोपले क्षति पुगेका विद्यालयको विवरण असार २५ भित्र पठाउन निर्देशन

२०७८ असार २०, आईतवार १९:३६
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राकृतिक प्रकोपका कारण विद्यालयमा भएको क्षतिको विवरण असार २५ गतेभित्र पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । केन्द्रले बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङ लगायत प्राकृतिक प्रकोपबाट विद्यालयमा भएको क्षतिको विवरण स्थानीय तहसँगको समन्वयमा पठाउन शिक्षा विकास तथा समन्वय इकाईहरुलाई निर्देशन दिएको […]