बाँके । भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको ४९ नमुनाको परीक्षणमा १४ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।
आइतबार बिहान साढे ११ बजे अस्पतालले जारी गरेको सूचना अनुसार बाँकेका ४ जना, बर्दियाका ६ जना, कैलालीका २ जना र दैलेखकका एक जना रहेका छन् ।
प्रयोगशालामा प्राप्त ४९ हजार पाँच सय ४८ जनाको स्वाब नमुना जाँच कार्य सकिएको छ ।
जाँच गरिएका नमुना मध्ये चार हजार चार सय ७२ वटा नमुनामा कोरोना पुष्टि भएको अस्पतालद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।