भूकम्पमा परी घाइते भएकामध्ये थप एकजनाको मृत्यु

  ।   २०८० कार्तिक २४, शुक्रबार १४:०२

नेपालगन्ज । जाजरकोट भूकम्पमा परी घाइते भएकामध्ये थप एकजनाको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पतालमा उपचाररत रूकुम पश्चिमको चौरजहारी नगरपालिका १ का २५ वर्षीय निरज विष्टको मृत्यु भएको हो।

उहाँको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको हो। उहाँको आइसीयूमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ। उहाँलाई शनिबार नेपाली सेनाकाे हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत ल्याइएको थियाे।

योसँगै रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने जाजरकोटमा भूकम्पका कारण १०१ जनाको मृत्यु भएको छ।

Next Post

बाँकेको राप्तीसोनारी गाउँपालिका द्वारा सार्वजनिक सुनुवाइ

२०८० कार्तिक २४, शुक्रबार १४:०२
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाइमार्फत् गाउँपालिकाले नौं बुँदे साझा प्रतिबद्धता समेत घोषणा गरेको छ । राप्तीसोनारी गाउँपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा वडा नं. ६ स्थित सिद्धेश्वर माध्यामिक बिद्यालय फत्तेपुरमा बिहीबार सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रतिबद्धता घोषणा गरिएको हो । […]

सम्बन्धित समाचार